७ फाल्गुन २०८१, बुधबार February 19, 2025

उचित पुर्नस्थापना नहुदा मुक्त हलियाहरुक‍ो जीवन थप कष्टकर

२१ भाद्र २०७८, सोमबार
उचित पुर्नस्थापना नहुदा मुक्त हलियाहरुक‍ो जीवन थप कष्टकर

कैलाली । संविधानसभा सदस्य एंव दलित तथा हलिया मुक्ति आन्दोलनका राष्टिय अगुवा पूर्व सांसद हरि श्रीपाईलीले सरकारले हलिया मुक्ति घोषणा गरेको बर्षौ बिते पनि उचित व्यवस्थापन नगर्दा हलिया परिवारको व्यवस्थापन हुन नसकेको बताएका छन् । हलियाहरुको मुक्तिको घोषणा भएपनि उनीहरुले पाउनुपर्ने स्वास्थ्य, शिक्षा तथा रोजगारका बिषयहरु अझै पुरा नभएको पूर्व सासद श्रीपाईलीले बताए । आइतबार राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालय डडेल्धुराले १३ औं हलिया मुक्ति दिवसको पूर्व सन्ध्यामा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व सासद श्रीपाईलीले मुक्त हलिायको स्वास्थ्य, शिक्षा, रोजगारी तथा आवासको ग्यारेन्टी हुनुपर्ने माग गरे । सरकारले १६ हजार ९ सय ५३ घर धुरि मध्ये १३ हजार ५ सय ६४ घरघुरिलाई पुनस्थार्पना गरिसकेको तथ्यांकमा उल्लेख छ । यसरी तथ्यांकमा धेरैको पुर्नस्थापना भएको देखीएपनि धेरै हलिया छुटेका छन् । पुनस्थार्पना प्याकेज पाएका मध्ये ९ प्रतिशत घरधुरिले दोस्रो किस्ता रकम पनि पाएका छैनन् ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय अध्यक्ष ईश्वर सुनारले मुक्त हलियाहरुको सम्मानजनक पुर्नस्थापना नभए आन्दोलनमा जाने चेतावनी दिए ।
कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ का यादुराम सार्कीले हलिया मुक्त भएको बर्षै बितेपनि आफ्ना समस्या भने जहाँको त्यहि रहेको बताए । सरकारले परिचयपत्र ९कार्ड० बाडेको भएपनि हलिया परिवारले जमिन भने नपाएको गुनासो गरे । वास्तविक हलिया अझै छुटेका छन्,’ उनले भने । परिचय पत्र पाएकाले पनि सुबिधा भने पाएका छैनन् । शिक्षा स्वास्थ्य तथा रोजगारीबाट उनीहरुले बन्चित हुनुपर्ने अवस्था आएको उनको भनाई छ ।

राष्ट्रिय मुक्ति हलिया समाज महासंघका कार्यकारी निर्देशक हरिसिंह बोहराले अझै २० प्रतिशत मुक्त हलियाको पुर्नस्थापना हुन बाँकी रहेको बताए । हलिया मुक्ति घोषणा गरे पनि हलियाको सुचिमा परेका अधिकांश हलियाहरुको पुर्नस्थापना हुन सकेका छैनन् ।

२०६५ साल भाद्र २१ गते सरकारले मुक्त हलिया घोषण गरेको थियो ।