१० चैत्र २०८१, सोमबार March 24, 2025

सुदूरपश्चिममा एमाले भन्दा नेकपा एकीकृत समाजवादी बन्यो ठूलो दल

२० भाद्र २०७८, आईतवार
सुदूरपश्चिममा एमाले भन्दा नेकपा एकीकृत समाजवादी बन्यो ठूलो दल

धनगढी । नेकपा (एमाले) भन्दा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाको प्रमुख दल बनेको छ । नेकपा (एमाले) छोडेर थप तीन जनाले सनाखत गरेसंगै नेकपा (एकीकृत समाजवादी) प्रदेश सभाको प्रमुख दल बनेको हो ।
आइतबार नेकपा (एस) का पक्षमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री प्रकाश रावलले निर्वाचन आयोग नेपालको, प्रदेश कार्यालय, धनगढीमा गएर सनाखत गरेपछि सो दल प्रमुख दल बनेको हो ।
यसअघि एमालेका १० जनाले मंगलबार नेकपा (एस) का पक्षमा सनाखत गरेका थिए । सनाखत पछि प्रतिक्रिया दिदै मन्त्री सोडारीले आफूहरु प्रमुख दल बनाउनका लागि प्रयासरत रहेको बताए । निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्ने समय दिएको छ ।
नेकपा (एस) का पक्षमा अव १३ जना प्रदेश सभा सदस्य भएका छन् । अब नेकपा (एस) र नेकपा माओवादी केन्द्र दुई दल समान हैसियतका प्रमुख दल बनेका हुन् । माओवादीका पनि १३ जना प्रदेश सभा सदस्य छन् ।
प्रदेश सभामा अव नेपाली काँग्रेसका १२, एमालेका ११ र तत्कालिन राजपाका दुई जना प्रदेश सभा सदस्य रहेका छन् । तत्कालिन राजपा पनि फुटेपछि दुई जना प्रदेश सभा सदस्य कता खुल्ने निश्चित भएको छैन ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ । एमाओवादीले एमाले प्रवेश गरेका कारण एक जना झपट बोहरा हटाएपछि अब ५२ जना छन् ।

यी हुन् नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने प्रदेश सांसद
-दीर्घ सोडारी

-पूर्णा जोशी

-लालबहादुर खड्का

-चुनकुमारी चौधरी

-मना साउँद

-माया भट्ट

-बलबहादुर सोडारी

-अम्मर साउँद

-कुलबिर चौधरी

-सुशिला बूढाथोकी

-दुर्गा कामी

-तारालामा तामाङ

-प्रकाश रावल