कैलाली, २० । केही दिन यता एकसे एक सुपर हिट थारू म्यजिक भिडियो बजारमा आइ रहेको छ ।
यो संगै थारू म्युजिक भिडियो तर्फ नेपाली सिने जगतका चर्चित अभिनेता तथा मोडलहरुको पनि आकर्षण बढेको पाइन्छ । एक महिना अगाडी नेपाली चलचित्र जगतका एकदमै चर्चित अभिनेता पल शाह अभिनित थारू म्युजिक भिडियो ‘तोहार प्यारमे’ आएको थियो ।
त्यस्तै नायक पुष्प अभिनित थारू म्युजिक भिडियो ‘माया मोहनी’ दुई दिन अघि मात्रै बजारमा आएको छ । यस्तै सुलभ फिल्मस् प्रालिले आज आईतबार लेहंगा वाली छैली–२ म्युजिक भिडियो बजारमा ल्याएको छ । भने आजै नै सिएस फिल्मस् प्रालिले नयाँ म्युजिक ‘चम चम चम्कछु’ बजारमा ल्याएको छ । यो संगै एक महिना यता दर्जनौ सुपर हिट थारू म्युजिक भिडियो बजारमा आएको छ ।
पारिवारिक कथामा आधारित म्युजिक भिडियोमा मनोज भोले तथा अन्जली पटेलको मिठो स्वर रहेको छ । म्युजिक भिडियोमा बीर र मधु चौधरीको मुख्य अभिनय रहेको छ । भने अतिथी कलाकारमा सुमित्रा चौधरी र छल्लु दादा अभिनय रहेको छ ।
गीतको शब्द संगीत दिपेश राजवंशी, रोहित र प्रमोदको रहेको छ । कम्पोज मनोज भोलेको रहेको छ । म्युजिक भिडियो मासुम विष्ट, क्यामेरामा सतिश सिन्हाको रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।