९ आश्विन २०७८, शनिबार September 25, 2021

२ हजार १९५ जना संक्रमणमुक्त

१९ भाद्र २०७८, शनिबार १७:४६
२ हजार १९५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ । जसमध्ये २९ हजार ६५८ जना होम आइसोलेसनमा र २१६८ जना संस्थागत आइसोलेसनमा छन् ।
काठमाडौंमा २८९, कास्कीमा १४३, झापामा ७९, सुनसरीमा ६५, ललितपुरमा ५३, मोरङमा ४५, भक्तपुर र रुपन्देहीमा ४४÷४४, बाँकेमा ३०, चितवनमा २६, मकवानपुरमा २५, कैलालीमा २३ जना र नवलपारी पूर्वमा ११ जना संक्रमित थपिएका छन् ।

ताजा अपडेट

6 Shares
Tweet
Share6
Share
Pin