९ आश्विन २०७८, शनिबार September 25, 2021

अभिनेता पुष्प र गीता अभिनित माया मोहनी थारू म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

१८ भाद्र २०७८, शुक्रबार २२:०६
अभिनेता पुष्प र गीता अभिनित माया मोहनी थारू म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

कैलाली । अभिनेता पुष्प खड्काको थारू म्युजिक भिडियो सार्वजनिक भएको छ ।
माया मोहनी बोलको गीतमा उनले गीता ढुंगानासंग अभिनय गरेका छन् । सुवेश कठरियाको शब्द रहेको गीत गायिका अन्नु चौधरी र मुनाल महतोंले स्वर दिएका छन् । म्युजिक भिडियोमा मोडल सुनिता दहित र ऋषिको पनि अभिनय रहेको छ ।

म्युजिक कम्पोज मनोज महतोले गरेका छन् भने एरेन्ज गणेश चौधरीले गरेका छन् । भिडियोको स्क्रिप्ट र डाइरेक्सन सुरजदेव कुशम्याले गरेका छन् । आर्ट डाइरेक्सन पर्नव अकाशको रहेको छ भने प्रोड्यूसर कुमनारायण महतो रहेका छन् । क्यामेरा पर्सन ज्ञानेन्द्र शर्मा र एडिट रामु चौधरीले गरेका छन् ।
भिडियो मार्फत थारू समुदायमा जरा गाडेर बसेको रुढिबादी परम्परा, अन्धविश्वास, जादुतोना हटाउन र जनचेतना फैलाउन खोजिएको छ ।

ताजा अपडेट

58 Shares
Tweet
Share58
Share
Pin