१२ चैत्र २०८१, बुधबार March 26, 2025

कपिलवस्तुमा प्रेस संगठनको जिल्ला भेला, अध्यक्षमा अर्जुन बेल्वासे

१८ भाद्र २०७८, शुक्रबार
कपिलवस्तुमा प्रेस संगठनको जिल्ला भेला, अध्यक्षमा अर्जुन बेल्वासे

राम अवतार चौधरी
कपिलवस्तु, १८ भदौ ।
कपिलवस्तुमा प्रेस संगठनको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गोरुसिंगेमा आयोजित भेलाले अर्जुन कुमार बेल्वासेको संयोजक्तवमा ३१ सदस्य जिल्ला सम्मेलन आयोजक समिति गठन भएको जिल्ला कमिटीले जनाएको छ ।

भेला कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज चक्रपाणी खनाल (बलदेव)ले पत्रकारहरुले निश्पक्ष रुपमा जनताको आवाज बोल्नुपर्ने बताएका छन् । संगठनमा संख्यात्मक मात्र वृद्धि नगरी गुणात्मक क्षमता सहितका पत्रकारहरु हुनुपर्ने उनले उल्लेख गरे । पत्रकार महासंघ लुम्बिनी प्रदेशको नेतृत्व समेत प्रेस संगठनकै नेताले गरिरहेकोले पत्रकारहरुको क्षमता अभिवृद्ध गर्नुपर्नेमा जोड दिने बताए । कुनै दल सँग आस्था राखेपनि कसैलाई विभेद नहुने गरि सुचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । पूर्व मन्त्री समेत रहेका बलदेवले पार्टी विभाजन भएपछि तल्लो तहमा नयाँ कमिटि विस्तार र पुर्नगठनको काम भईरहेको उनले बताए ।

नेकपा माओवादीका जिल्ला संयोजक विष्णु शाहले पत्रकारीता स्वच्छ र मर्यादित सहित पत्रकारिता गर्न सुझाए । प्रेस संगठन कपिलवस्तुले गरेका कामहरु प्रति सकारात्मक रहेको जनाउँदै खोजमुुलक समाचार सहित सूचना प्रवाह गर्नुपर्ने जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिह विकले नेपाली पत्रकारीता जगतकै कारण अहिलेको परिस्थित आएको बताए । संगठनका प्रदेश संयोजक समेत रहेका वि.क.ले प्रदेशका सबै जिल्लाहरुमा अब संगठन विस्तार र पत्रकारहरुको क्षमता वृद्धिमा आफु लागिपर्ने दावी गरे । विभिन्न आन्दोलनमा पत्रकाहरुको भुमिका उल्लेखनिय रहेको बताउँदै समाज परिर्वतनमा पत्रकारहरु सक्रिय भएर लाग्नुपर्ने जनाए ।

नेकपा माओवादि बुद्धभुमि नगर कमिटिका सचिव बसन्त गिरीले स्थानिय तहमा भएका अनियमिततालाई पत्रकाहरुले लेख्नुपर्ने बताए । त्यस्तै प्रेस संगठनले प्रत्येक वर्ष दिँदै आएको सिपि शर्मा युवा पत्रकारीता पुरस्कार पत्रकार अर्जुन बेल्वासेलाई प्रदान गरिएको छ । नगद १५ हजार सहित दोसल्ला ओढाएर बेल्वासेलाई सम्मान गरिएको बताइएको छ । कार्यक्रममा नेकपा माओवादीका प्रदेश कमिटि सदस्य रुद्रलाल बन्जाडे, जिल्ला सचिवालय सदस्य नारायण भुसाल, सरोज खनाल लगाएत संगठनमा आवद्ध पत्रकारहरुको सहभागित रहेको प्रेस संगठन कपिलवस्तुले जनाएको छ ।