१४ फाल्गुन २०८०, सोमबार February 26, 2024

थारु विद्यार्थी सामाजको स्थापना दिवसमा थारु अगुवालाई सम्मान

१८ भाद्र २०७८, शुक्रबार
थारु विद्यार्थी सामाजको स्थापना दिवसमा थारु अगुवालाई सम्मान

कैलाली । थारु विद्यार्थी समाज कैलालीले २६ औ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । ‘सबै थारु विद्यार्थी एक भई शैक्षिक अभियान अगाडी बढाउ’ भन्ने मूल नारा सहित स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका थारु अगुवालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा थारु विद्यार्थी समाजका पूर्व अध्यक्ष माधव चौधरी, थारु बुद्धिजीवि बुदीलाल चौधरी, चन्द्र सिंह चौधरी थारू विद्यार्थी समाज का पूर्व केन्द्रीय कोषाध्यक्ष, थारु अगुवा प्रभावत चौधरी र निम चौधरीलाई सम्मान गरिएको थारु विद्यार्थी समाजका जिल्ला अध्यक्ष आषिश चौधरीले जानकारी दिए ।
सोही अवसरमा ११ जना थारु यूवाहरुले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा रामलाल डगौरा, आषिश चौधरी, लक्ष्मण चौधरी, आषिश चौधरी, कमल चौधरी, गजेन्द्र प्रसाद चौधरी, रमेश चौधरी, शान्ति चौधरी, दिनेश चौधरी बाँधु चौधरी रहेका थिए ।