१० भाद्र २०८३, बुधबार August 26, 2026

३३ वर्षदेखि वेपत्ता रहेका लोकुनलाई उद्धार गरी परिवारको जिम्मा लगाइयो

१७ भाद्र २०७८, बिहीबार
३३ वर्षदेखि वेपत्ता रहेका लोकुनलाई उद्धार गरी परिवारको जिम्मा लगाइयो

धनगढी । ३३ वर्षदेखि वेपत्ता रहेका कैलालीका लोकुन डगौंरा थारुलाई उद्धार गरि परिवारको जिम्मा लगाइएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ७ का ६२ वर्षीय लोकुनलाई कैलाली प्रहरीले उद्धार गरेर बिहीबार परिवारको जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार विगत ३३ वर्ष अघि कामको सिलसिलामा भारतको सिम्ला गएदेखि उनी वेपत्ता रहेको बुझिएको छ । गत भदौ ९ गते प्रहरी परिसर टेकु काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले तालुक गृह मन्त्रालयबाट थारु भारतको विहारमा फेला परेको भन्ने सूचना पछि भारतीय पक्षसंग समन्वय गरी उदार गर्न कैलाली प्रहरीलाई जानकारी गराएका थिए ।

https://www.youtube.com/watch?v=yoKiM1NgiQA&t=1s


सोही अनुसार कैलाली प्रहरीले लोकुन डगौरा थारुलाई फेला पार्ने भारत विहार राज्य गया जिल्ला बाराचट्टी बस्ने सन्दिप यादव मार्फत जिल्ला प्रशासन कार्यालय पर्सामा हस्तान्तरण गरेको जनाएको छ । त्यसपछि लोकुनका छोरालाई पर्सामा पठाई कैलाली ल्याइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
उनलाई आज नै लोकुनका छोरा राम बहादुर डगौरा थारुलाई जिम्मा लगाएर पारिवारिक पुनर्मिलन गरिएको जनाएको छ । अहिले लोकुन डगौरा सबै कुरा स्मरण गर्न र अभिव्यक्ति गर्न सक्ने अवस्था नरहेको बुझिएको छ ।