९ चैत्र २०८१, आईतवार March 23, 2025

कैलालीमा विद्यालय सञ्चालन गर्ने निर्णय, भोलि देखि विद्यालय सुचारु हुने

१७ भाद्र २०७८, बिहीबार
कैलालीमा विद्यालय सञ्चालन गर्ने निर्णय, भोलि देखि विद्यालय सुचारु हुने

धनगढी । कैलालीमा भोलीदेखि विद्यालय सुचारु हुने भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि भोलीदेखि विद्यालय सुचारु हुने भएका हुन् ।
जिल्ला प्रशासान कार्यालय कैलालीको बिहीबार बसेको बैठकले भदौ १८ गते भोलीदेखि असोज १ गतेसम्म विद्यालय खुल्ने सहमति भएको जनाइएको हो । असोज १ गतेदेखि अवस्था हेरेर अर्को छलफल गरी निर्णय गरिने आजको बैठकमा छलफल भएको छ ।
यस अघि यहाँका स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका थिए ।