२ बैशाख २०८१, आईतवार April 14, 2024

कैलालीमा विद्यालय खोल्ने तयारी

१७ भाद्र २०७८, बिहीबार
कैलालीमा विद्यालय खोल्ने तयारी

धनगढी । कैलालीमा विद्यालय खोल्ने तयारी गरिएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइरहेको हो । कोरोनाका कारण यस शैक्षिक सत्रमा विद्यालय नै सञ्चालन हुन सकेको छैन् ।
बिहीबारका लागि बोलाइएको बैठकमा विद्यालय सञ्चालनका विषयमा छलफल हुने सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । काठमाडौंमा शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय भएपछि कैलालीमा पनि जनप्रतिनिधिसँग छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले यस अघि नै शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । सम्भवतः विद्यालय सञ्चालनको निर्णय हुने उनले बताए ।