८ बैशाख २०८१, शनिबार April 20, 2024

अन्जु र बिनरको ‘चम चमके बिन्दिया’

१६ भाद्र २०७८, बुधबार
अन्जु र बिनरको ‘चम चमके बिन्दिया’

कैलाली । थारू गीत ‘चम चमके बिन्दिया’ को छायांकन सम्पन्न भएको छ ।
भिडियो छायांकन सम्पन्न संगै चाँडै नै बजारमा आउने निर्माण पक्षले जनाएको छ । सुलभ फिल्मस् प्रालिको प्रोडक्सन रहेको भिडियोमा अन्जु कुश्मी र बिनर चौधरीको अभिनय रहेको छ । भिडियोको प्रोड्यूसरमा प्रकाश चौधरी र कोप्रोड्यूसर मुकेश चौधरी रहेका छन् ।
गीतमा अन्नु चौधरी र उमेश मुस्कानले स्वर दिएका छन् । सुधराम दहितले डाइरेक्सन गरेको भिडियोलाई आदर्श महतोले कोरियोग्राफी गरेका छन् । उमेश मुस्कानको शब्द रहेको गीतको एरेन्ज प्रकाश बडुले गरेका छने । भिडियो छायांकन दयाशंकर चौधरीले गरेका छन् ।
भिडियो शुलभ फिल्मस् प्रालिको यूट्यूब च्यानलबाट यहि भदौ महिनाको अन्तिम तिर बजारमा आउने जनाइएको छ ।