धनगढी, ८ असोज । सुदूरपश्चि कला प्रतिष्ठानका अध्यक्ष अम्बिका प्रसाद आचार्य थारू कलाकारहरुलाई प्रमोट गर्नु पर्ने बताएका छन् ।
सुलभ फिल्मस् प्रालिको प्रस्तुतीमा निर्माण भएको ‘मोर सपनाके राजकुमार’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अध्यक्ष आचार्यले कलाकारहरुलाई सबैजनाले माया ममता गर्नु पर्नेका साथै प्रमोट गर्नु पर्ने बताएका हुन् ।
‘एउटा कलाकारलाई सबैको माया र हौसला चाहिन्छ । उसले कलाकारिता क्षेत्रमा थप उचाई चुम्नका लागि सबैको साथ सहयोग पनि चाहिन्छ । त्यसैले हामी सबैजना कलाकारलाई माया गर्नुका साथै प्रमोट पनि गर्नु पर्छ’, उनले भने ।
कार्यक्रममा राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा नायक संगत थारू, निर्देशक चन्द्र चौधरी चाँद, थारू लोक गायक राज चौधरीले पनि थारू कलाकारहरुलाई सबैजनाले माया ममता तथा हौसला दिनु पर्ने बताएका थिए ।
कार्यक्रम सुलभ फिल्मस् प्रालिका दयाशंकर चौधरीको अध्यक्षतामा भएको थियो । भने सञ्चालन थारू सलिमा पहुराका सञ्चालक गोविन्द मुखियाले गरेका थिए ।
रिलिज भएको थारू म्युजिक भिडियो ‘मोर सपनाके राजकुमार’ मा रितु चौधरी र फुलराम चौधरीको मोडलिङ रहेको छ । शब्द संगीत लखन चौधरीको गीतमा गायिका अन्नु चौधरी र लखन चौधरीले स्वर दिएका छन् ।
गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् भने म्युजिक भिडियोको छायांकन तथा एडिट दयाशंकर चौधरीको रहेको छ ।
आर्दश महतोको स्टोरी डाइरेक्सन रहेको म्युजिक भिडियो सुलभ फिल्मस् प्रालिको अफिसियर युट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।