कैलाली । थारु कल्याणकारिणी सभा कैलालीको ९औँ जिल्ला अधिवेशन कैलारी गाउँपालिकाको हसुलियामा हुने भएको छ ।
धनगढीमा मंगलबार बसेको बैठकले अगामी असोज ६ गते शनिबारका कैलारी गाउँपालिका हसुलिया साझा हलमा अधिवेशन गर्ने थाकस कैलालीका कार्यबाहक सभापति माधव थारु बताए ।
उनले अधिवेशनका लागि आर्थिक, प्रचारप्रसार, मञ्च तथा खाना व्यवस्थापन, प्रतिबेदन, मास परिचालन तथा यातायात, अतिथि सत्कार लगायतको उपसमिति बनाई जिम्मेवारी समेत दिइएको बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथी रहने कार्यक्रममा थारु समुदायमा दखल राख्ने व्यक्तित्वहरुलाई सम्मान पनि गर्ने उनले बताए ।