धनगढी, २६ भदौ । धनगढीमा तेस्रो हार्डवेयर एक्स्पो २०८० हुने भएको छ ।
निर्माण सामाग्री तथा हार्डवेयर व्यवसायीहरुको छाता संगठन कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा अगामी असोज १० गतेदेखि १४ गतेसम्म एक्स्पो हुने जनाएको छ । व्यवसायीक र वस्तुगत बजार विकासका लागि एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष कुवेर शाहीले बताए ।
उनले भने–‘एउटै छातामुनि स्वादेशी तथा विदेशी उत्पादित सामाग्रीहरुको अवलोकनका साथै मुल्य र गुणस्तर सम्बन्धी विस्तृत जानकारी गराउन हाम्रो मुख्य उद्देश्य हो । जसबाट उपभोक्ताहरुले आफ्ना घर निर्माणका लागि चाहिने विभिन्न किसिमका वस्तुहरु एकै छातामुनि अवलोकन गरेर त्यसको गुणस्तर बुझेर आफुलाई आवश्यक वस्तुको निर्णय गर्न सक्ने छन् ।
एक्स्पोका मुख्य आर्कषणहरुमा सम्पूर्ण निर्माण सामग्री तथा कम्पनीहरु एउटै छानामुनी, ५० भन्दा बढी कम्पनी तथा व्यवसायीहरुका स्टलहरु अवलोकन गर्न सकिने, नयाँ प्रविधि, उपकरण र मेसिनरीहरू समानहरुको अवलोकन तथा जानकारी, नयाँ निर्माण गर्ने योजना बनाई रहनु भएकालाई आवश्यक परामर्श तथा जानकारी, वास्तुविज्ञबाट निःशुल्क परामर्श सेवा दिने रहेका छन् ।
साथै समानको गुणस्तर र मूल्यको तुलनागर्दै उत्कृष्ट सामाग्री छनोट गर्न सकिने अवसर, भुकम्प प्रतिरोधि निर्माण सम्बन्धि जानकार र इन्जिनियरहरुबाट सीमित क्षेत्रफलमा कसरी आकर्षण घर निर्माण गर्ने भन्ने परामर्श पनि दिने जनाइएको छ ।
अध्यक्ष शाहीले ग्राहकहरुले एक्स्पोमा सामाग्री खरिद गर्दा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने बताए । साथै उनले लक्की ड्रमाफर्त दैनिक ५ जना अवलोकनकर्ता लाई आकर्षक पुरस्कार र लक्की ड्रमाफर्त अन्तिम दिन ३ जना भाग्यमानी अवलोकनकर्तालाई बम्पर उपहारको समेत व्यवस्था रहेको जनाए ।
धनगढी चटकपुर स्थित सौरार्इँ स्क्वायरमा हुने एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था रहेको जनाइएको छ ।