३२ असार २०८१, सोमबार July 15, 2024

राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुनः संगत थारु

२४ भाद्र २०८०, आईतवार
राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुनः संगत थारु

धनगढी, २४ भदौ । राष्ट्रिय थारु कलाकार मञ्च सुदुरपश्चिम प्रदेशका प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । कञ्चनपुरको कृष्णापुर नगरपालिका–६, सिंहपुरमा भएको अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिका अध्यक्षमा संगत थारू, उपाध्यक्षमा समु चौधरी, सचिवमा स्वरुप चौधरी, सह–सचिवमे शिसा चौधरी, कोषाध्यक्षमा राज चौधरी रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा सुयोग चौधरी, आशिष चौधरी, मनिराम चौधरी, नेहेल्जा चौधरी, सदिच्छा चौधरी, आदर्श महतो चयन भएका छन् ।
सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका छ कलाकारलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुने कलाकाारहरुममा थारू महानायक प्रेम चौधरी, गायिका समिक्षा चौधरी, गीतकार सुबेश कठरिया, छायांकार शाहिल चौधरी, मिडियाकर्मी अनिल कुश्मी, गायक नारायण राना रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य अरुण चौधरी र विशिष्ट अथितीमा कृष्णापुर नगरपालिकाकी नगर उपप्रमुख द्रोपती राना लगायत रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले कला र गायन क्षेत्रबाट थारू समुदायको पहिचानसँगै कला, संस्कृति र भाषाके संरक्षण सम्बद्र्धनमा टेवा पु¥याएको बताएका थिए ।
मञ्चका प्रदेश अध्यक्ष संगत थारूको अध्यक्षतामा भएको कार्यक्रमका सञ्चालन अनिल कुश्मीले गरेका थिए । कार्यक्रममा विशिष्ट अथिती राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय बैद्य, गायक तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।