८ बैशाख २०८१, शनिबार April 20, 2024

गोदावरीमा थारु सांस्कृतिक कार्यक्रम हुने

१३ आश्विन २०७९, बिहीबार
गोदावरीमा थारु सांस्कृतिक कार्यक्रम हुने

कैलाली । कैलालीको गोदावरीमा दशै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम २०७९ हुने भएको छ ।
‘थारु भाषा, कला, प्रथा संस्कृति हमार पहिचान, संरक्षण, सम्बद्र्धन कर्ना हमार साझा अभियान’ मूल नारा सहित गोदावरी नगरपालिका वडा नम्बर १ बिजौराको भागेश्वर निमाविको प्राङ्गनमा यही असोज १५ गते शनिवारका दिन कार्यक्रम हुने भएको हो ।
कार्यक्रम गोदावरी नगरस्तरीय बरघर भलमन्सा समिति र थारु कल्याणकारिणी सभा गोदावरी नगर समिति कैलालीको संयुक्त आयोजनामा हुने जनाइएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार सहित सोनु कुश्मी, रमेश मिसनको बेजोड प्रस्तुती रहने जनाइएको छ । साथै थारु खानपान, थारु सांस्कृतिक झाँकी, सखिया नाच, राना होरी नाच लगायतको प्रस्तुती रहने गोदावरी नगरस्तरीय बरघर भलमन्साका संयोजक जगतराम चौधरीले जानकारी दिए ।