१४ फाल्गुन २०८०, सोमबार February 26, 2024

नवनिर्मित सहकारी भवनको उदघाटन

८ आश्विन २०७९, शनिबार
नवनिर्मित सहकारी भवनको उदघाटन

हसुलिया । कैलालीको कैलारी गाउँपालिका–६ बनकट्टा र खरेटीमा बनेको नवनिर्मित भवनको उदघाटन भएको छ ।
सुदूरपश्चिम प्रदेश विधायन तथा मामिला समिति सभापति नेपालु चौधरी र कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकमारी चौधरीले संयुक्त रुपमा पीडित प्रगशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनकट्टा र नथुनिया शिव बाबा कृषि सहकारी संस्था लिमिटड खरेट्टी नवनिमिर्तत भवनको उदघाटन गरेका हुन् ।
प्रदेश सरकारको २५÷२५ लाख रुपियामा सहकारीको उक्त भवन बनेको हो । कैलारी गाउँपालिका–६ मा रहेको पीडित प्रगशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनकट्टाको नवनिर्मित भवन उदघाटन सहकारीका अध्यक्ष बुधराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश विधायन तथा मामिला समिति सभापति नेपालु चौधरी र विशिष्ट अतिथि कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकमारी चौधरी रहेका थिए ।
त्यसैगरी कैलारी गाउँपालिका–६ मा नथुनिया शिव बाबा कृषि सहकारी संस्था लिमिटड खरेट्टी नवनिमिर्तत भवनको उदघाटन कार्यक्रम सहकारीका अध्यक्ष खगेन्द्र प्रसाद चौधरीको अध्यक्षमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश विधायन तथा मामिला समिति सभापति नेपालु चौधरी र विशिष्ट अतिथि कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकमारी चौधरी रहेका थिए ।