२२ भाद्र २०८१, शनिबार September 7, 2024

स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समिक्षा

८ आश्विन २०७९, शनिबार
स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समिक्षा

हसुलिया । कैलालीको कैलारी गाउँपालिकाले सम्पादित स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समिक्षा गरेको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आर्थिक बर्ष २०७८÷०७९ सालमा गाउँपालिकाले सम्पादित स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समिक्षा गरिएको हो । कार्यक्रममा बोल्दै उनले पालिकाले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको बताए । पालिकाबाट गर्भवती सुत्केरीलाई कैलाली जिल्लाभित्र डेलीभरीका लागि लैजानु परे निशुल्क एम्बुलेन्सको व्यवस्था, कैलारी गाउँपालिकाका विरामीलाई निःशुल्क रगतको व्यवस्था गरेको बताए । वडा नम्बर ५ मा १५ शैयाको अस्पतालको लागि टेन्डर प्रक्रिया भइ काम अगाडी बढेको पनि उनले बताए ।
गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाको ९ वडामा रहेका प्रथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट गत आर्थिक बर्षमा प्रदान गरिएको स्वास्थ्य सेवाबारे जानकारी दिइएको छ ।
कार्यक्रममा वडा नम्बर ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र उदासीपुरका प्रमुख रामकिशोर चौधरी सेवा दिनको लागि भवन प्रर्याप्त रहेको तर दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुदा सेवाग्राहीको चाप बढेको बताए । उनले ३ बर्ष यता सबै गर्भवतीले स्वास्थ्य संस्थामा बच्चा जन्माएको बताए । होम डेलिभरी शुन्यमा झरेको उहाँले बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट ८२ जना विभिन्न मानसिक समस्या रहेका व्यक्तिले सेवा लिई रहेको, वडा नम्बर ८ मा मात्र १९ जान सिकलसेलका विमारी रहेको बताए ।
कैलारी गाउँपालिकाका नौ वटा वडामा ४ हजार ४ सय १४ परिवार स्वास्थ्य विमा गरि सेवा लिई रहेको प्रमुख चौधरीले बताए । त्यसैगरी पालिकाबाट प्रत्येक महिनाको दोस्रो साता निशुल्क आँखा शिविरको आयोजना गर्दै आएको छ ।
कार्यक्रममा सबै वडामा संचालन रहेका स्वास्थ्य चौकीका प्रमुखले आ आफना स्वास्थ्य संस्थाबाट प्रदान गरेका गतिविधिबारे जानकारी गराएका थिए । गत आर्थिक बर्षमा राम्रो प्रगति गरेको वडा नम्बर ३ को हसुलिया स्वास्थ्य चौकी प्रथम प्रमाणपत्र, दोस्रोमा वडा नम्बर ८ को उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र, तेस्रोमा वडा नम्बर ९ को गदरीया स्वास्थ्यचौकीलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । कार्यक्रमको संचालन सिनियार अहेव अधिकृत नरेश चौधरी र स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटाले गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, सामाजिक विकास शाखा अधिकृत यगम कलेल, स्वास्थ्य कार्यालय धनगढीका कुलतनारायण चापागाँई, विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।