८ बैशाख २०८१, शनिबार April 20, 2024

समुदाय स्तरमा पोषण कार्यक्रम पुर्‍याउन जरुरी : नगरप्रमुख चौधरी

२९ भाद्र २०७९, बुधबार
समुदाय स्तरमा पोषण कार्यक्रम पुर्‍याउन जरुरी : नगरप्रमुख चौधरी

कैलाली । कैलालीको भजनी नगरपालिकामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा एकीकृत पोषण कार्यक्रमको दिगोपना एवं सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठी भएको छ ।
गोष्ठीमा नगर प्रमुख केवल चौधरीले समुदाय स्तरमा पोषण प्याकेजलाई पु¥याउन जरुरी रहेको औंल्याउदै सबै क्षेत्रबाट सहयोगको अपेक्षा पनि रहेको बताए । कार्यक्रममा सुआहाराकी वरिष्ठ प्राविधिक रजनी चौधरीले मोटो, पातलो सबै व्यक्तिलाई कुपोषण हुने बताइन् । साथै उलने मानवको बौद्धिक विकासको गति, नेपालको पोषण संग सम्बन्धित तत्वहरुको बारे सहजीकरण गरेकी थिइन् ।


भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले स्वास्थ्य शाखाले कुपोषण सम्बन्धि गरेका काम कार्वाहीबारे प्रष्ट गर्दै विभिन्न विद्यालयमा जुकाको औषधि, आईरन चक्की समेत दिएको बताए । यसैगरी स्थानीय बजेट, पोषण सम्बन्धि सवाल पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा पनि जानकारी गराएका थिए ।
सुआहारा प्रदेश कृषि संयोजक कुल प्रसाद सुवेदीले नेपालका ४२ वटै जिल्लामा सुआहारा कार्यक्रम सञ्चालित भएको जानकारी गराए । यसका साथै उनले सुआहारा कार्यक्रमले समेटेका क्षेत्रहरु स्वास्थ्य, कृषि विकास, पशु पंक्षी विकास, महिला बालबालिका, खाने पानी तथा सरसफाई रहेको जानकारी गराए ।
कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओली, सुआहारा कृषि बजार वरिष्ठ प्रबन्धक राम कुमार न्यौपाने, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।