कैलाली । भजनी नगरपालिकाले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै नगर प्रमुख केवल चौधरीले १०० दिनका उपलब्धि सार्वजनिक गरेको हो । उपलब्धि सार्वजनिक गर्दै प्रमुख चौधरीले कक्षा १ देखि ८ सम्मको शिक्षा निःशुल्क गरिएको १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार गरि लागु गर्ने चरणमा रहेको, निजी श्रोतका शिक्षकहरुको तलब वृद्धि गरिएको, विद्यालयलाई कम्प्यूटर तथा प्रिन्टर बितरण गरिएको जानकारी गराए ।
एक सय दिनमा ४५ लाख, ४३ हजार ८६८ रुपैया आन्तिरक राजश्व संकलन गरेको र चालु आर्थिक वर्षमा सम्पति करको दररेटमा १६ प्रतिसत घटाई स्रवाग्राहीलाई सहुलियत दिएको बताए । घोडतालमा भएको विवाद समाधान, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने भवनको निर्माण, खानेपानीको विस्तार देखि सडक तथा पुल पुलेसा मर्मत तथा निर्माण गरिएको पनि प्रमुख चौधरीले जानकारी दिए ।
कृषि शाखा अन्र्तगत मेयर नमुना कृषि गाउँ कार्यक्रम लागु, साना सिचाँई तथा मर्मत सम्भार कार्यक्रम र स्वरोजगार कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए ।