फुलवारी । धनगढी उपमहानगरपालिका–१८ स्थित आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक माधव प्रसाद जोशीको प्रमुख आतिथ्यता साधारण सभा भएको हो । कार्यक्रमका विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष्य भुवन रिजाल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सहकारी रजिष्टार कार्यालयका अधिकृत विनोद राज पन्त र राष्ट्रिय सहकारी बैंक धनगढी शाखा प्रमुख कृष्ण रावल रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले नियमनमा चलेका र उद्देश्य अनुरुप काम गरिरहेका सहकारी संस्थाहरुलाई स्वरोजगार कोषको सहुलियत कर्जा व्यवस्था रहेको र सबै सहकारीले उक्त सेवा लिन सकिने जानकारी गराएका थिए ।
विशिष्ट अतिथी पन्तले सहकारी विभागले बेलाबेलामा जारी गरेका नीति निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
आदर्श सहकारीले छोटो समयमै कृषिमा राम्रो काम गरेको भन्दै वडा अध्यक्ष रिजाल र लिबर्डका आलेले आगामी दिनमा सहकार्य गरि अझ थप कृषि क्षेत्रमा सेवा बिस्तार गर्न सकिने आशय राखेका थिए ।
कार्यक्रममा रजिष्टार कार्यालयका प्रतिनिधि जागुराम चौधरी, लीबर्ड प्रतिनिधि ललिता आले, जनजातावरण सामुदायिक बीउ बैंकका अध्यक्ष सम्पत चौधरी, खप्तडी आधारभूत विद्यालयका प्रअ फुलदेव शाह, ईन्द्रोदय आधारभूत विद्यालयका प्रअ रामकुमार बस्नेत, कृषक भलाई सहकारीका अध्यक्ष कल्पना देवकोटा, स्वयमजागृती साकोसका अध्यक्ष लक्ष्मी देवी जैशी, संघर्ष मिलन साकोसका अध्यक्ष राधा देवी चौधरी लगायतले शुभकामना मनतब्य राखेका थिए ।
सस्थाका अध्यक्ष बासुदेव ओझाको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापक रुद्र खनालले सञ्चालन गरेका थिए ।
आगामी वर्षको लागि बीउ उत्पादन योजना, बार्सिक कार्य योजना प्रस्तुत तथा आव ०७८÷७९ को प्रगती प्रतिवेदन आन्तरिक लेखा प्रतिवेदन र बाह्य लेखापरीक्षण प्रतिवेदन समेत पारित भएको छ ।
कार्यक्रममा बीउ उत्पादक कृषक सहित ३० जना उत्कृष्ट सेयर, बचत तथा कर्जा कारोबार गर्ने सदस्यलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।