टीकापुर । टीकापुर नगरपालिकाले सय दिनमा गरेका कार्य विवरण सार्वजनिक गरेको छ ।
बिहीबार एक कार्यक्रमका बिच सय दिनमा गरेका कार्य विवरण सार्वजनिक गरेको हो । टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौंरा थारुले शुभ कामना व्यक्त गर्दै कार्यभार सम्हाले देखि निरन्तर नगरको दिगो विकास तथा नगरबासीको ईच्छा चाहाना अनुसार काम गरेको बताए । उनले नगरलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेमा विभिन्न क्षेत्रका विज्ञहरुसंग छलफल गरि अघि बढिरहेको बताए ।
‘आफूहरुले कार्यभार सम्हालेको सय दिनमा जनताका असिमित इच्छा आकांक्षा अनुसार ठूलो उपलब्धि गर्न नसकेता पनि केहि महत्वपूर्ण निर्णय गरेका छौ,’ मेयर डगौंराले भने–‘महत्वपूर्ण उपलव्धिहरु हासिल गरि समयमै योजना तथा कार्यक्रमहरु सम्पन्न गर्ने गरि कार्य योजना बनाएका छौं ।’
उनले टीकापुर नगरपालिकालाई उज्यालो बनाउन नगर क्षेत्र भित्रका विभिन्न चोक चौराहमा हलोजन लाईट जडान कार्यको थालनी भईसकेको बताए । यस बाहेक उज्यालो कार्यक्रम अन्र्तगत अभियानकै रुपमा निरन्तरता दिई नगरपालिका भरी विस्तार गर्ने योजना भएको जानकारी गराए ।
‘फोहरलाई दिर्घकालिन रुपमा व्यवस्थान गर्नुका साथै फोहरलाई मोहरमा परिणत गर्न संघसंस्थाहरु संग समन्वय भईरहेको छ,’ डगांैराले भने–‘प्रदेश सरकारसंग समन्वय र सहकार्य गरी फोहोर व्यवस्थापनका लागि कार्य अगाडी बढाउछौँ ।’
सडक किनार र सार्वजनिक स्थलमा अव्यवस्थित तरिकाले राखेका निमार्ण सामाग्रीहरु हटाउने काम गरेको बताए ।
बर्षातको समयमा ढल निकास को समस्या भई बजार क्षेत्रमा डुबान को समस्या हुने गरेको समस्यालाई तत्काल समाधान गर्न नगरपालिकाले आफ्नै जेसिभि प्रयोग गरि मुहान निकास र ढलको सरसफाई गर्ने काम गरेको बताए । उनले नगर क्षेत्रमा बन्द अवस्थामा रहेका शौचालयलाई मर्मत सम्भार गरी पुनः संचालन मा ल्याउन प्रक्रिया अघि बढाएको बताए । ‘अस्पताल नजिकै रहेको मासु विक्री सेन्टरलाई उपयुक्त स्थानमा स्थानान्तरण गरि सो स्थानलाई सिटी पार्कका रुपमा निर्माण गर्न प्रकृया अघि बढाएका छौ,’ मेयर डगांैरा भने–‘बसपार्कको उद्घाटन गरि व्यवस्थित रुपमा टेण्डर प्रकृयाबाट संचालन ल्याएका छौ ।’
नगरपालिकाको बजार क्षेत्रमा रहेका खुल्ला सार्वजनिक स्थललाई हरियाली बगैंचाको नगर बनाउन विभिन्न बैंक, वित्तिय संस्था तथा सहकारी संग सहकार्य गरि संरक्षणका लागि पहल गरेका लगायत १७ बुँदे महत्वपूर्ण काम गरेको पत्रकार मार्फत उनले जानकारी गराए ।