२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश

१६ भाद्र २०७९, बिहीबार
नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश

कैलाली । नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका सांसद रतन थापासहितका नेता कार्यकर्ता नागरिक उन्मुक्तिमा लागेका छन् ।
प्रदेश सांसद थापासहित पूर्व संघीय सांसद तथा राप्रपाका केन्द्रीय सदस्य हिमाञ्चलराज भट्टराई, निवर्तमान सांसद कैया चौधरी लगायतका एक दर्जन बढी नेताहरुले नागरिक उन्मुक्तिमा प्रवेश गरेका हुन् ।
रिपोर्टस क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गरेकी छन् ।
थापाले हालै सम्पन्न स्थानीय चुनावमा अन्तर्रघात गरेको भन्दै एमालेले उनलाई जिल्ला अध्यक्षबाट हटाएको थियो ।
यस्तै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केही नेता तथा कार्यकर्ताहरुले पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् ।
नेपाल समाजवादी पार्टी (नेसपा) बाट राजेन्द्र प्रसाद देवकोटा(राजनैतिक संवाद समिती तथा केन्द्रीय सदस्य), राजाराम चौधरी (मुख्यसचिव सुप प्रदेश तथा केन्द्रीय सदस्य), लक्षिराम चौधरी (केन्द्रीय सदस्य), तेजराम चौधरी (बौद्धिक ब्यक्तिव) लगायत प्रवेश गरेका हुन् ।