७ बैशाख २०८१, शुक्रबार April 19, 2024

जम्मू–कश्मीरमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

२१ श्रावण २०७८, बिहीबार
जम्मू–कश्मीरमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

काठमाण्डौं, १५ फागुन । जम्मू–कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ ।
एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको बडगामदेखि सात किलोमिटर टाढा गारेंद गाउँमा दुर्घटना भएको हो । विमान खाली खेतमा गएर खस्दा आगलागी हुन पुगेको बताइएको छ ।
जम्मू कश्मीरमा गस्तीमा रहेको सेनाको विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको र छानविन भइरहेको जनाइएको छ ।