धनगढी, १२ भदौैै । पूर्व प्रधानमन्त्री एवम् नेकपा–माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आएका छन् ।
उनी बुधबार बिहान बुद्ध एयरको जहाजमा धनगढी आएका हुन् । अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन धनगढी आएका हुन् । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेतासँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक धनगढीमा सुरु गरिएको हो ।
जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीको परामर्श लिने गरेका छन् ।
प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन् । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित रुपमा जनतामा जाने माओवादीको तयारी छ।