हसुलिया, २४ श्रावण । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा श्रावण २५ गते स्थानीय बिदा दिएको छ ।
गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीद्वारा हस्ताक्षरित सार्वजनिक सूचना मार्फत गुरही पर्वको अवसरमा बिदा दिएको हो ।
उक्त दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय बिदा रहने सूचनामा उल्लेख रहको छ । यसै गरि बर्दगोरिया गाउँपालिकाले पनि पर्वको अवसरमा स्थानीय बिदा दिएको छ ।