धनगढी, १८ श्रावण । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हिजो एक युवतीलाई मारेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।
शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो । बाघले दोधारा चाँदनी नगरपालिका–२ मा बाघले २३ वर्षीया हीरा शाहलाई हिजो मारेर सोही ठाउँको उखुबारीमा घुमिरहेको थियो । बाघलाई उखुबारीबाटै नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए ।