९ आश्विन २०७८, शनिबार September 25, 2021

कटैनी नदिको बाढीले बसन्ता हुलाकी सडक अवरुद्ध

१५ भाद्र २०७८, मंगलवार १४:१६
कटैनी नदिको बाढीले बसन्ता हुलाकी सडक अवरुद्ध

कैलाली । कटैनी नदिको बाढीले कैलारी गाउँपालिका वडा नम्बर ७ बर्का बसन्ता र छटकपुर बसन्ताको सडक खण्ड अवरुद्ध पारेको छ ।
सडक अवरुद्धले हुलाकी सडक भएर आउजाउ गर्ने यात्रु बिच बाटोबाटै फर्किनु परेको स्थानीयले बताएका छन् । आफ्ना चेलीबेटीलाई अग्रासन दिन गइरहेका व्यक्ति पनि सडक अवरुद्ध भएका कारण बिच बाटोबाटै फर्किनु परेको छ । कैलारी गाउँपालिका वार्ड नम्बर ७ छटकपुर बसन्ताका बिकास रत्गैयाले अग्रासन लिन आफै बर्का बसन्ता पुगेको बताए । आफन्त बिच बाटो बाटै फर्केकाले अग्रासन आफै लिन पुगेका उनले बताए ।
बसन्ता वन क्षेत्रमा हुलाकी सडक निर्माणको कार्य अधुरै र हिलाम्मे रहेकोले छटकपुर र बर्का बसन्ता भएर हिड्ने गरिन्छ ।
नदिको बाढीले वडा नम्बर ७ अन्र्तगतको छटकपुर बसन्ता, बर्का बसन्ता, भुँइयाफाँटा गाउँमा पस्ने गरेको छ । चुरेतिर हल्का बर्षा हुने बित्तिकै यता नदिमा बाढी आउने गर्दछ । झारपात, माटो बालुवा पटानी भएर नदिको सतह पुरिएकोले हल्का आएको बाढी पनि गाउँमा पस्ने गरेको भुँइयाँफाटा गाउँका डण्डीराम चौधरीले बताए । उनले बाढी नियन्त्रण गर्नका लागि कटैनीको सरसफाई सहित तत्बन्ध र ड्याम पनि निर्माण गर्नु पर्ने बताए ।

फोटो : विकास रत्गैंया

ताजा अपडेट

93 Shares
Tweet
Share93
Share
Pin