धनगढी । शुक्रबार मोहना नदिमा आएको बाढीले मोहनपुर गाउँका किसानहरुको उखु र धानबाली नष्ट गरेका छ ।
बाढीले कैलारी गाउँपालिका वडा नम्बर ३ मोहनपुर गाउँका किसानहरुको उखु र धानबाली नष्ट गरेको हो । बाढीले धानबाली नष्ट गर्नुका साथै विद्युत पोल पनि ढलाएको वडा अध्यक्ष कैलाश चौधरीले बताए । उनले मोहनपुर गाउँका किसानले ३ बिघा क्षेत्रफलमा लगाएको उखुबाली र करिब ५०/६० बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट गरेको बताए । साथै अध्यक्ष चौधरीले विद्युत पोल ढालेर विद्युत सेवा पनि अवरुद्ध भएको बताए । अहिले विद्युत नभएर मोहनपुर गाउँका स्थानीयलाई अन्धारमा रात कटाउनु पर्ने बाध्यता रहेको छ ।
नदिमा अझै बाढी घटेको छैन । नदिले धान खेत पनि कटान गरिरहेको स्थानीयले बताएको छन् । गाउँपालिकाको सहयोगमा बनाएको तत्बन्ध पनि नदिले बगाएको अध्यक्ष चौधरीले बताए ।