२२ भाद्र २०८१, शनिबार September 7, 2024

टीकापुर घटनाको ६ बर्ष : भदौ ७ गते टीकापुर विद्रोह दिवस मनाउने

५ भाद्र २०७८, शनिबार
टीकापुर घटनाको ६ बर्ष : भदौ ७ गते टीकापुर विद्रोह दिवस मनाउने

कैलाली । थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीको संयुक्त आयोजनामा भदौ ७ गते टीकापुर विद्रोह दिवस मनाउने भएको छ ।
यही भदौ ७ गते टीकापुर घटना भएको ६ वर्ष पुग्दै छ । उक्त दिनको अवसर पारेर मोर्चाले विद्रोह दिवस मनाउने भएको हो । मोर्चाले भदौ ७ गते कैलालीको बलिया चौकदेखि भल्का चौकसम्म दिउँसो १२ः०० बजे र्‍याली सहित कार्यक्रमको आयोजना गरि टीकापुर बिद्रोह दिवस मनाउने जनाएको छ ।
मोर्चाका कैलाली संयोजक माधव थारू कार्यक्रम भब्यता साथ सफल पार्नका लागि विभिन्न समिति पनि गठन भएको जनाए । कार्यक्रम भब्यसभ्य रुपमा सम्पन्न गर्नका लागि शनिबार कैलालीको प्रतापपुरमा तयारी बैठक पनि सम्पन्न भएको छ ।
बैठकले २०७८ भदौ ७ गते बिद्रोह दिवस मनाउने अर्को दिन ८ गते साझ ८ बजे देखि आधा घण्टा जिल्ला व्यापी बत्ती निभाउने (ब्ल्याक आउट) गर्ने संयोजक थारूले जानकारी दिए ।
संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । घटना भएको दोस्रो दिन बिहान कफ्र्यु जारी भएको समयमा ८० भन्दा बढी थारु समुदायका घर, पसल, एफएम लगायतमा आजजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरीसहित नेता कार्यकर्ता जेल सजाय भोगिरहेका छन् ।
यता मोर्चाले काठमाडौंको माइतीघर मण्डलमा विभिन्न कार्यक्रमको आयोजना गरि तेस्रो चरणको आन्दोलन घोषणा गरि सकेको छ ।
टीकापुर घटनामा लगाइएका मुद्दा फिर्ता गर्न माग गर्दै तेस्रो चरणको अभियान अन्तर्गत विरोधका कार्यक्रम शुरू गरि आन्दोल सुरु गरिएको मोर्चाले जनाएको छ ।
समानता, न्याय, अधिकारका लागि आन्दोलनमा उत्रिनुपरेको मोर्चाले जनाएको छ । उनीहरूले टीकापुर घटनाका राजबन्दीहरुलाईको रिहाई सगै सबै मुद्दा फिर्ता लिनुपर्ने, सरकारले गठन गरेको देवीराम शर्मा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।
थरुहट आन्दोलनले उठाउँदै आएका माग र मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने, संघीय संरचना निर्माणका क्रममा थारूबहुल जिल्लालाई समेटेर थरुहट थारुवान प्रदेश बनाइनुपर्ने, टीकापुर घटनालाई राजनीतिकरुपले समाधान गरि माननीय रेशम चौधरी लगायतको मुद्धा खारेजी गर्नुपर्ने जस्ता माग राख्दै मोर्चा आन्दोलनमा उत्रेको हो ।