कैलाली । धनगढी उपमहानगरपालिकासंगको सहकार्य र द युथ नेपाल फाउण्डेशनको सहयोगमा रुडुक मार्फत अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका परिवारलाई खाद्य तथा पोषणयुक्त सामाग्री वितरण गरिएको छ ।
कोरोना महामारी र लकडाउनको कारण अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका परिवारहरुलाई दैनिक जीवन गुजाराका लागि खाद्य तथा पोषणयुक्त सामाग्री सहयोग गरिएको हो । धनगढी उपमहानगरपालिका वडा नं १३ श्रीलकां सुकुम्बासी शिविरका ३२ जना, वडा नं १८ फूलवारीमा १० र धनगढीका अन्य वडा सहितका ५० जना अति विपन्न गरिब, दलित, एकल महिला, अपांगता भएका व्यक्ति, सिमान्तकृत समुदायका परिवारलाई खाद्यन्न्न सामाग्री सहयोग गरिएको हो ।
प्रति व्यक्ति २५ केजी चामल, मसुर दाल २ केजी, अण्डा १ क्रेट, चना २ केजी, तेल २ प्याकेट, नुन १ प्याकेट, चियापत्ती १ प्याकेट, चिनी २ केजी, आलु ढाईकेजी, प्याज ढाईकेजीका दरले खाद्यन्न सहयोग गरिएको हो ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)की संस्थापक अध्यक्ष एंव सामाजिक अभियन्ता डा.आरजु राणा देउवाले उक्त खाद्य सामाग्रीका लागि पहल गरेकी हुन् । सामाजिक अभियन्ता डा. राणा देउवाले यस अघि कोरोनाको उच्च जोखिममा बिरामीलाई समस्या परिरहेको जानकारी पाएपछि तत्काल सेती प्रादेशिक अस्पताल लाई दुई थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेकी थिइन् । उनले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेकी थिइन् ।
पहिलो चरणको कोभिड १९ मा पनि डा. राणा देउवाले सुदूरपश्चिमका ९ वटै जिल्ला स्वास्थ्य संस्था एवं प्रसूति गृहमा कोरोना स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकी थिइन् । त्यसै गरी उनले कैलालीका विपन्न गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाद्य तथा पोषण सामाग्री प्रदान,सिमानाकामा अलपत्र परेका नेपालीहरूलाई निःशुल्क खाना, आइसोलेसन तथा क्वारेन्टीनहरुमा स्वास्थ्य तथा सरसफाइका सामाग्रीहरू सहयोग पनि सुहयोग गरेकी थिइन् ।