२७ आश्विन २०८१, आईतवार October 13, 2024

१८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा वृक्षारोपण

३ भाद्र २०७८, बिहीबार
१८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा वृक्षारोपण

कैलाली । कैलालीमा विभिन्न कार्यक्रम गरि विश्व फोटोग्राफी दिवश मनाईएको छ । १८२ औं फोटोग्राफी दिवशको अवसरमा नेपाल फोटोग्राफर एसोसियसन कैलाली उपशाखा हसुलियाले कैलारी गाउँपालिका वडा नम्बर १ मा रहेको बनदेवी मन्दिर परिसरमा वृक्षारोपण गरि मनाइएको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले वृक्ष रोपि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष लाजुराम चौधरीले प्रविधिको विकासलाई सबैले सहि तथा सकरात्मक रुपमा प्रयोग गर्नु पर्ने बताएका थिए । ‘टेक्नोलोजीको विकासले धेरै सहज बनाएपनि दुरुपयोग गर्ने क्रम बढेको छ’, उनले भने, ‘त्यसको सही सदुपयोग गर्दै व्यवसायीक मर्यादा पालना गर्नुपर्ने आवश्यक रहेकोछ ।’


कार्यक्रममा प्रदेश संयोजक चौधरीले एउटा फोटोग्राफरको फोटो मात्रै खिच्ने काम नरहेको बताए । उनले भने, ‘फोटोग्राफरको जिम्मेवारी फोटो खिच्ने मात्रै होईन परिवर्तन गर्नुपनि हो ।’ त्यस्तै उनले देश तथा विदेशमा रहेका व्यवसायीक फोटोग्राफरहरुलाई शुभकामना समेत व्यक्त गरेका छन् ।
दिवशको अवसरमा सञ्चालित कार्यक्रममा गाउँपालिकामा रहेका सम्पुर्ण व्यवसायीक फोटोग्राफरहरुको उपस्थिति रहेको थियो । धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास, प्रवद्र्धन तथा संरक्षणका लागि हरेक वर्षजस्तै यसवर्ष वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको नेपाल फोटोग्राफर एसोसियसन कैलाली उपशाखा हसुलियाले जनाएको छ । कार्यक्रममा झण्डै १० हजार बढीको बिरुवा रोपिएको थियो ।