कञ्चनपुर । लालझाडी युवा क्लब –११ को आयोजनामा क्लबका निवर्तमान सल्लाहकार सदस्य,एमबिएल स्टिल एण्ड आल्मोनियम उद्योग धनगढीका पूर्व संचालक, सामाजिक अभियन्ता स्व. विष्णु दानपालीको प्रथम वार्षिक स्मृति दिवसमा श्रद्धाञ्जली सभा गरिएको छ ।
श्रद्धाञ्जली सभाका सहभगीहरुले स्व. विष्णु दानपालीले पुर्नवास क्षेत्रको शैक्षिक, स्वास्थ्य खेलकुद र सामाजिक रुपान्तरणको क्षेत्रमा पुर्याउनुभएको अतुलनिय योगदानको चर्चा गर्दे भावपूर्ण श्रद्धासुमन अपर्ण गरेका थिए ।
स्मृति दिवसको अवसरमा स्व विष्णु दानपालीले संचालन गरेको एमबिएल स्टिल एण्ड आल्मोनियम उद्योगको तर्फवाट लालझाडी युवा क्लब ११ लाई १५ हजारको चेक समेत हस्तान्तरण गरिएको थियो । उक्त चेक स्व. दानपालीकी धर्मपत्नी ईन्द्रा दानपालीले क्लबका अध्यक्ष काशीराम बोहरालाई हस्तान्तरण गर्नुका साथै क्लबको नवनिर्मित भवनमा स्टीलको रिलिङ लगाईने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा क्लबका अध्यक्ष काशीराम बोहराले स्व.विष्णु दानपालीले पुर्नबास क्षेत्रको खेलकुदको विकासमा महत्वपूर्ण टेवा पुर्याउनु भएकाले उनको स्मृतिमा हरेक वर्ष रक्तदान र सम्मानको कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
कार्यक्रममा श्रद्धाञ्जली सभाका प्रमुख अतिथी एंव सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिंह, पुर्नवास नगरपालिका वडा नं ११ का अध्यक्ष तुलसी अर्याल, पुर्नवास नगरपालिका बोर्ड सदस्य विष्णु विक, पुर्नवास नगरपालिका प्रवक्ता भरमल सुनार, नेपाली कांग्रेसका पदम देउवा, एमालेका गोपाल काफ्ले, स्व.दानपालीकी धर्मपत्नी ईन्द्रा दानपाली, लालझाडी युवा क्लबका सल्लाहकार नारद खड्का लगायतकाले स्व. दानपालीको योगदानको चर्चा गर्दे श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
दानपालीको २०७७ भाद्र २ गते धनगढी स्थित आफ्नै निवासमा असामयिक निधन भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष काशीराम बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालक क्लबका सदस्य नरेन्द्र गुरुङले गरेका थिए ।