७ फाल्गुन २०८१, बुधबार February 19, 2025

सेती प्रयोगशालामा थप ३० जनामा कोरोना पुष्टि

२ भाद्र २०७८, बुधबार
सेती प्रयोगशालामा थप ३० जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३० जनामा कोरोना पुष्टि भएको  छ । पछिल्लो २४ घण्ण्टामा प्रयोगशालामा १६४ नमूना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

यस्तै १३४ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना कोरोनामुक्त भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। अस्पतालमा १ जना भेन्टिलेटर, ४ जनाको आसीयुमा उपचार भइरहेको छ । 

facebook sharing button
twitter sharing button
sharethis sharing button