२२ भाद्र २०८१, शनिबार September 7, 2024

राज्यमन्त्री रैकाद्वारा सिकलसेल एनिमिया परीक्षण तत्काल शुरु गर्न निर्देशन

११ भाद्र २०७९, शनिबार
राज्यमन्त्री रैकाद्वारा सिकलसेल एनिमिया परीक्षण तत्काल शुरु गर्न निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादर रैकाले टिकापुर अस्पतालको अनुगमन निरीक्षण गरेका छन् ।
यसक्रममा राज्यमन्त्री रैकाले अस्पताल विकास समितिका पदाधिकारीहरु, चिकित्सकहरुसंग अस्पतालको भौतिक सरचना, दक्ष जनशक्ति, श्रोत साधन र व्यवस्थापकिय पक्षको बारेमा जानकारी लिनकासाथै अस्पतालमा सेवा लिन आएका बिरामी र उनका आफन्तहरुसंग अस्पतालले दिईरहेको सेवाकाबारेमा छुट्टा, छुट्टै छलफल समेत गरेका थिए ।


कार्यक्रममा राज्यमन्त्री रैकाले टीकापुर अस्पताललाई थप सुबिधा सम्पन्न बनाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले अस्पतालको स्वास्थ्य सेवामा सबै जनताको सहज र सरल पहुँचको सुनिश्चितता गरि स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए । साथै राज्यमन्त्री रैकाले सिकलसेल एनिमिया बिरामीको परिक्षण कार्यलाई तत्काल शुरुवात गर्न समेत निर्देशन दिए ।