धनगढी, ८ भदौ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
उनले कैलाली क्षेत्र नम्बर १ बाट चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट रेशम चौधरीले अत्यधिक मतका साथ प्रतिनिधि सभाको निर्वाचन जितेका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मतमात्र पाएकी थिइन् भने कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् ।