१३ आश्विन २०७९, बिहीबार September 29, 2022

कैलारी गाउँपालिकाको वडा कार्यालयबाटै बृद्धभत्ता वितरण सुरु

२३ श्रावण २०७९, सोमबार
कैलारी गाउँपालिकाको वडा कार्यालयबाटै बृद्धभत्ता वितरण सुरु


हसुलिया । कैलालीको कैलारी गाउँपालिकाले वडा कार्यालयबाट बृद्धभत्ता वितरण सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरी सोमबारदेखि वडा नम्बर ६ को कार्यालयबाट पहिलो पटक वडाबाटै बृद्धभत्ता वितरणको व्यवस्था मिलाएको बताए । उनले भने, ‘पहिलो किस्ता हामीले बैंकबाटै उपलब्ध गराउन भनेका छौँ । बैंकले आउने दिनमा गाउँठाउँमा गएर वृद्धभत्ता उपलब्ध नगराए बैंकबाट खाता हटाउन लगाउँछौ ।’

बृद्धबुद्धाहरुलाई हसुलिया बजारमा रहेको बैंकमा बृद्धभत्ता बुझन आउँदा समस्या भइरहेकोले अबदेखि वडा कार्यालयबाट त्यस्तो व्यवस्था मिलाएको उनले बताए । वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरी एनआइसि एसिया बैंक सुरक्षाका साथ आएर वडा कार्यालयमा पहिलो पटक बृद्धभत्ता वितरण गरिरहेको बताए ।

आफनै गाउँठाउँमा बृद्धभत्ता वितरणको व्यवस्था भएपछि हिड्न नसक्ने बृद्धाहरुलाई हसुलिया जानु पर्ने बाध्यता तरेको छ ।