२० मंसिर २०८१, बिहीबार December 5, 2024

कैलारीलाई जातिय छुवाछुत मुक्त गाउँपालिका घोषणा गर्ने

२२ श्रावण २०७८, शुक्रबार
कैलारीलाई जातिय छुवाछुत मुक्त गाउँपालिका घोषणा गर्ने

हसुलिया, ८ चैत । कैलारी गाउँपालिकालाई बैशाख मसान्त भित्र जातिय छुवाछुत मुक्त गाउँपालिकाको रुपमा घोषणा गर्ने भएको छ ।
५६औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बैशाख मसान्तभित्र गाउँपालिकालाई छुवाछुत मुक्त गाउँपालिका घोषणा गर्ने बताए ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका अध्यक्ष चौधरीले मानिसहरुको सोच र अन्धविश्वास हटाए आफै छुवाछुतको अन्त्य हुने बताए ।
‘मान्छेको सोच र अन्ध विश्वासलाई हटाउनु पर्छ । मानिसले पुरानो सोच विचार परम्परालाई परिवर्तन गर्नुपर्छ त्यसपछि मात्र जातिय विभेद र छुवाछुत अन्त्य हुन्छ’, उनले भने ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारु जातिय विभेद, छुवाछुत आफ्नै घरपरिवारबाट सुरु हदै समाजसम्म जाने भएकोले घरबाटै भेदभाव हटाउन सुरु गरेपछि अन्त्य हुने बताइन् ।
कार्यक्रममा अधिवक्ता सुर बहादुर परियार, वडा ५ का वडा अध्यक्ष विष्णु प्रासद चौधरी, इन्सेकका कृष्ण विक, दलित मिहला अधिकार मञ्चकी अध्यक्ष सवित्रा घिमिरे, जगृति महिला सहकारी सचिव टीका भुल, लक्ष्मी भुल मनतव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी र राजनितिक दलका प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जेहेन्दार र असहाय भएका दश जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यकक्रम दलित सञ्जालका अध्यक्ष दिपक सुनारको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाको सचिव भिम बहादुर तिरुवा गरेका थिए भने सञ्चालन जनक भुलले गरेका थिए । यसै बिच सञ्जालका अध्यक्ष सुनारले गाउँपालिका अध्यक्ष चौधरीलाई विभिन्न माग सहितको ज्ञापन पत्र समेत बुझाएका थिए ।