२२ भाद्र २०८१, शनिबार September 7, 2024

क्षमता विकास तथा रोजगारी सृजना गर्न कैलारी गापामा मौरी पालन तालिम

२२ श्रावण २०७८, शुक्रबार
क्षमता विकास तथा रोजगारी सृजना गर्न कैलारी गापामा मौरी पालन तालिम

हसुलिया । कैलारी गाउपालिकामा क्षमता विकास तथा रोजगारी कार्यक्रम अन्तर्गत तीन दिने मौरी पालन तालिम सुरु भएको छ ।
गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र स्मार्ट सोसाइटी नेपालको आयोजनामा तालिम सुरु भएको हो ।
तालिमको उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिका भित्र रहेका बेरोजगार युवाहरुलाई तालिम लिए पछि तुरुन्तै सो सम्बन्धि व्यावसाय सुरु गर्न प्रेरणा दिने बताउनु भएको छ । तालिमले स्थानीयलाई रोजगारीका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त गर्ने भन्दै अध्यक्ष चौधरीले स्थानीयहरुले आफनो जीवन स्तरमा परिवर्तन गरि व्यावसायमा लाग्ने विश्वास लिएको बताउनु भएको छ । मौरी पालन तालिमबाट भारतिय नागरिकले गाउँमा डुलाउदै बिक्रीवितरण गर्ने अबैध र अस्वस्थकर मिसावट मह खाने परिस्थितिको अन्तय हुने भन्दै अध्यक्ष चौधरीले तालिमका सहभागीले व्यवसायिक रुपमा मौरीपालन गरेर गाउँपालिकाको सहयोगलाई उपलब्धि मुलक बनाउने आशा व्यक्त गर्नु भएको थियोे ।
सोसाइटीका संरक्षक समिति संयोजक पर्शु चौधरीले हरेक बर्ष गाउपालिकाका बेरोजगार युवाहरुलाई सीप क्षमता अभिवृद्धि गरि आत्मनिर्भर गरि स्वरोजगारि सृजना गर्ने लक्ष्य लिएको बताउनु भयो ।
स्मार्ट सोसाइटीका कार्यबाहक अध्यक्ष रामशरण चौधरी सभापतित्वमा भएको तालिम उद्घघाटन कार्यक्रम संचालन सोसाइटीका सचिव राम चौधरीले गर्नु भएको थियोे । २० जनाको सहभागीता रहेको तालिममा सहजिकरण शारदा शर्मा र घनश्याम पौडेलले गरिरहनु भएको छ ।