९ जेष्ठ २०८१, बुधबार May 22, 2024

होलीमा अन्नु र गणेशको धमाका : ‘रङ्ग अबिर मिला मिला’ (भिडियो सहित)

२२ श्रावण २०७८, शुक्रबार
होलीमा अन्नु र गणेशको धमाका : ‘रङ्ग अबिर मिला मिला’ (भिडियो सहित)

कैलाली, १२ चैत । होली पर्वलाई लक्षित गरि चर्चित गायिका अन्नु चौधरी र गणेश चौधरीको स्वरमा रहेको ‘रङ्ग अबिर मिला मिला’ गीतमा निर्माण भएको म्युजिक भिडियो सांगीतिक बजारमा आएको छ ।
शब्द संगीत गायक गणेश चौधरीको रहेको छ । म्युजिक भिडियोको प्रोड्यूसरमा लोकेन्द्र राज चौधरी रहेका छन् । भिडियोमा रजनीश चौधरी, अन्दिशा चौधरीको मुख्य अभिनय रहेको छ । डारेक्सन र कोरियोग्राफी रजनीश स्वयंले गरेका छन् भने असिस्टेन्ट कोरियोग्राफरका रुपमा रिकेश चौधरी रहेका छन् । क्यामेरामा श्रवण केआर चौधरी रहेका छन् भने मेकअप सुमिता चौधरीको रहेको छ ।
म्युजिक भिडियो बजारमा आएसंगै यस पालिको होलीमा धुम मच्चाउने आंकलन दर्शक श्रोताहरुले गरेका छन् । गीत र भिडियोको दर्शक श्रोताहरुले खुलेर तारिफ गरेका छन् । रमेश चौधरीले लेखेका छन्, ‘वन अफ दी बेष्ट संङ्ग इन डिस इयर २०२१’ । साथै दर्शकहरुले अहिले सम्मको दमदार भिडियो रहेको र अगामी दिनमा पनि यस्तै भिडियो आउने आश गरेका छन् ।
म्युजिक भिडियो सेबिल इन्टरटेनमेन्ट यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।