९ जेष्ठ २०८१, बुधबार May 22, 2024

थारु म्युजिक भिडियो ‘चोरी चोरी से’ मा नरेश र मधुको जोडी

२२ श्रावण २०७८, शुक्रबार
थारु म्युजिक भिडियो ‘चोरी चोरी से’ मा नरेश र मधुको जोडी

काठमाडौं ६ साउन । ‘चोरी चोरी से’ बोलको थारु गीतको म्युजिक भिडियो छायांकनको कार्य सम्पन्न भएको छ ।
गीतकार किरण चौधरी र श्याम चौधरीको शब्द रचना तथा थारु, खस भाषाको चर्चित गायिका अन्नु चौधरी र थारु सङ्गीत का चर्चित गायक तथा सङ्गितकार श्रीनिवास चौधरीको गीतमा स्वर रहेको छ । उक्त गीतमा श्याम चौधरीको संगीत र सङ्गीत समायोजन गणेश चौधरीको रहेको छ ।
पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा आफ्नो नाम र कामलाई बजनदार बनाउदै गएका सुपर स्टार मोडल नरेश चौधरी र निकै छोटो समयमा सबै दर्शकको मनमा बस्न सफल मोडेल मधु चौधरीले अभिनय गरेकी छन् ।
उक्त म्युजिक भिडियोलाई सेबिल ईन्टरटेन्टले निर्माण गरेको हो । भिडियोको सम्पूर्ण छायांकन ललितपुरको विभिन्न क्षेत्रमा गरिएको छ । उक्त म्युजिक भिडियो सेबिल ईन्टरटेन्ट युट्यूब च्यानलबाट सार्बजनिक गरिने जनाएको छ ।
थारु, खस तथा अन्य भाषा हरुको गीतमा आफ्नो अब्बल प्रस्तुति दिईसकेका नेपालका चर्चित कोरियोग्राफर तथा निर्देशक बिक्रम चौहानको निर्देशन रहेको छ । त्यसै गरि हाल अमेरिकामा बसोबास गर्दै आइरहेका थारु सङ्गीतलाई माया गर्ने लोकेन्द्र राज चौधरी निर्माता रहेका छन्् ।
म्युजिक भिडियोलाई चाँडै नै सार्बजनिक गर्ने उद्देश्यका साथ छायांकन सकिए संगै सम्पादनको कार्य पनि धमाधम भैरहेको जनाइएको छ ।