२५ असार २०८२, बुधबार July 9, 2025

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान

१८ असार २०८२, बुधबार
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान

घोडाघोडी, १८ असार । कैलालीको घोडाघोडी नगरपालिकाले कक्षा ८ र एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । नगर प्रमुख खडक बहादुर रावतले विद्यार्थी र विद्यालयलाई सम्मान पत्र सहित सम्मान गरेका हुन् ।
सम्मानित हुने विद्यार्थीमा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल पाईनस स्कलरशीप एकेडेमी पहलमानपुरका यस भट्ट ४ जीपिए र झरना रावल ३.८४ जीपिए, कान्ति राज्य लक्ष्मी मावि पहलमानपुरका मुना चौधरी ३.९४ जीपिए, राष्ट्रिय मावि सुखडका उत्सव उवाई रहेका छन् ।
एसइइ तर्फ पाइनस स्कलरशीप एकेडेमीकी रक्षा बुढा ४ जीपिए, नविन अवस्थी र सागर आचार्य ३.९१ जीपिए ल्याएका थिए । त्यैगरी दरख मावि हरिनगरकी जिया चौधरी, छाडी मावि बेलारका प्रकाश देवकोटा ३.७४ जीपीए ल्याएर सम्मानित भएका छन् ।
यसैगरी उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरुमा कक्षा ८ पिस लाइट इंग्लिश बोर्डिंङ्ग स्कुल सुखड सत प्रतिशत नतिजा ल्याएर सम्मानित भएको छ । छाडी मावि बेलर ९५.८ प्रतिशत ल्याएको छ त्यस्तै एसइइ पाइनस स्कलरशीप एकेडेमी पहलमानपुर र जनज्योति मावि सुन्दरपुर उत्कृष्ट नतिजा ल्याई सम्मानित भएको छ ।

कार्यक्रममा नगर प्रमुख रावतले पालिकाको सबै भन्दा बढी बजेट शिक्षामा लगानी भएको बताए । उनले नगर भित्रका विद्यार्थी र शिक्षकको मेहनतले पालिकाको शिर उच्च भएको बताए । उनले धेरै विद्यालय निरासा जनक नतिजा ल्याएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने पनि बताए । यसैगरी शैक्षिक संस्थालाई बालमैत्री ढंगले संचालन गर्न सके शैक्षिक सुधारमा मद्दत पुग्ने बताए ।
बालबालिकाहरुमा लागु औषध दुव्यर्सनी लत बढ्दै गैरहेको बेला यसलाई शिक्षक तथा आभिभावकले यसलाई नियन्त्रण गर्नका लागि खेल्ने भूमिका महत्वपूर्ण हुनुपर्ने बताए ।
कुनै पनि विद्यार्थीले शिक्षामा सफलता पाउनको लागि अभिभावकको सोचाई चिन्तन बदल्नु पर्ने मेयर रावतको भनाइ रहेको थियो ।
शिक्षा शाखा प्रमुख खकेन्द्र बहादुर सिंहले पालिका भित्रका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएकोमा खुशी व्यक्त गरे । उनले घोडाघोडी नगरपालिकाको शिक्षामा क्रमिक रुपमा सुधार भैरहेको पनि बताए । उनले पालिका भित्रका केही विद्यालयले निराशा जनक नतिजा ल्याएको बताए ।
शैक्षिक गुणस्तर दिन नसकेको विद्यालयलाई आगामी दिनमा शैक्षिक गुणस्तर दिगो बनाउनको लागि छलफल गरी गहन भएर लाग्ने शिक्षा शाखा प्रमुख सिंहले बताए ।