१८ जेष्ठ २०८३, सोमबार June 1, 2026

पाँच हजार २७० मेट्रिक टन चैते धान उत्पादन

३१ असार २०८१, आईतवार
पाँच हजार २७० मेट्रिक टन चैते धान उत्पादन

अविनाश चौधरी

धनगढी, ३० असार । अन्न भण्डार जिल्लाको रूपमा चिनिने कैलालीमा यसवर्ष गतवर्षकै हाराहारीमा चैते धान उत्पादन भएको छ । यहाँ यस वर्ष पाँच हजार ७२० मेट्रिक टन धान उत्पादन भएको छ ।
गत वर्ष पनि लगभग यति नै चैते धान उत्पादन भएको थियो । चैते धान खेतीको क्षेत्रफल नबढेका कारण उत्पादनमा खासै वृद्धि नभएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।
यो वर्ष एक हजार १०० हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो । प्रतिहेक्टर जमिनमा ५ दशमलव २ मेट्रिक टनका दरले चैते धान फलेको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले बताए । उनका अनुसार बर्खेभन्दा चैते धानको उत्पादन भने राम्रो रहेको छ ।
जिल्लाको अति डुबान प्रभावित भजनी नगरपालिका र जोशीपुर गाउँपालिका किसानले व्यावसायिक रूपमै चैते धान खेती गर्दैआएका जनाइएको छ । बर्खे धान भित्र्याउने सुनिश्चितता नहुने गरेका कारण वर्षभरीका लागि खाद्यान्न जोहो गर्न डुबान प्रभावित क्षेत्रका किसानको आकर्षण चैते धान खेतीमा रहेको सूचना अधिकारी जोशीको भनाइ छ ।