३२ असार २०८१, सोमबार July 15, 2024

कटैनीको बाढीले छटकपुर गाउँ डुबान

२० असार २०८१, बुधबार
कटैनीको बाढीले छटकपुर गाउँ डुबान

हसुलिया, १९ असार । कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिका ७ छटकपुर बसन्ता गाउँ डुबानमा परेको छ ।
नदीमा आएको बाढीले गाउँको १० घरमा बाढी पसेको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले जानकारी दिए । उनले स्थानीय आरती विक, दिलबहादुर विक, प्रेमी चौधरी, नागेश चौधरी, सीताराम चौधरी, नविन चौधरी र लिलाम्बर चौधरी सहितको घरमा बाढी पसेको बताए ।
त्यस्तै कटैनी नदीको बाढी वडा नम्बर ७ अन्र्तगत बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँमा समेत पसेको बताइएको छ । यसै बिच गाउँपालिका अध्यक्ष राजसमझ चौधरी सहितको टोली अनुगमन तथा उद्दारका लागि सशत्र प्रहरीको टोली खटिएको जनाएको छ ।