३२ असार २०८१, सोमबार July 15, 2024

वरिष्ठ साहित्यकार जोशी दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मानित

२९ असार २०८०, शुक्रबार
वरिष्ठ साहित्यकार जोशी दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मानित

विराटनगर । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृति विद्ध पद्मराज जोशी प्रभात दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट सम्मानित भएका छन् ।
लामो समय देखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट आज सम्मान गरिएको हो ।
कोसी प्रदेश प्रमुख परशुराम खापुङले भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजित एक भव्य समारोह बिच नगद, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष समालोचक एवं साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।