९ बैशाख २०८१, आईतवार April 21, 2024

जोशीपुर गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा

२९ असार २०७९, बुधबार
जोशीपुर गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा

कैलाली । कैलाली । जोशीपुर गाउँपालिकालाई पूर्ण खोपको सुनिश्चितता र दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
जोशीपुर गाउँपालिका पालिका खोप समन्वय समिति स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
खोप समन्वय समितिका संयोजक तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले स्वास्थ्य सबै भन्दा ठूलो धन भएकाले स्वास्थ्यलाई सबै मिलेर व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
पूर्ण खोप कार्यक्रमलाई आर्थिक वर्ष २०७८/०७९ मा घरधुरी सर्वेक्षण अनुसार ४१७ बालबालिकालाई खोप लगाई पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री, स्वास्थ्य कार्यालय कैलाली पदम विष्ट, युनिसेफका खुशी राम चौधरी, वडा नं १ देखि ७ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्कर्मी, महिला स्वयम सेविका लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख टेक बहादुर हमालले गरेका थिए भने सञ्चालन नरेन्द्र कठरियाले गरेका थिए ।