१ असार २०८३, सोमबार June 15, 2026

कैलारी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

१ असार २०८३, सोमबार
कैलारी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी, ३१ जेठ । कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँ सभाको बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष राज समझ चौधरीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँपालिका अध्यक्ष चौधरीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)
गाउँसभा सदस्यज्यूहरु,
कैलारी गाउँपालिकाको यस सभा अधिवेशनमा आर्थिक बर्ष २०८३/८४ का लागि बिशिष्ठ क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
कैलारी गाउँपालिकाको आ।व। २०८३/८४ को नीति तथा कार्यक्रमको तर्जुमा गतविगतमा भएर गरेका असल अभ्यास तथा सिकाईलाई संस्थागत गर्दै, कमीकमजोरीलाई आत्मसाथ गरी समग्र कैलारी गाउँपालिकाको पूर्वाधार विकास, वन सरंक्षण तथा विपद व्यवस्थापन, आर्थिक समुन्नती तथा आर्थिक विकास, सामाजिक समावेशीकरण तथा सामाजिक रुपान्तरणका साथै सुशासन प्रबद्र्धन र नागरीक सर्बोच्चतालाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
१. जेनजी आन्दोलनको क्रममा क्षतीग्रस्त भएका वडा कार्यालयका भवनहरुलाई मर्मत संभार गरी आगामी आर्थिक वर्ष भित्र संचालनमा ल्याइनेछ ।
२. गाउँपालिका अन्तर्गत क्रियाशील राजनीतिक दल, नागरीक समाज, बुद्धिजीवी, भलमन्सा लगाएतका सरोकारवालासंग समन्वय तथा सहकार्यमा गाउँपालिका भित्रका ज्वलन्त मुद्दाहरु वाल विवाह, लागु औषध दुर्वयसनी, जस्ता विषयमा “ हिसां रहित समाजको परिकल्पना, स्थानीय सरकारको अपेक्षा र चाहाना” को नीति अवलम्वन गरिनेछ।
३. नेपाल सरकारले अन्तराष्ट्रिय जगतमा सन २०३० सम्म प्रतिवद्वता गरेको बालमैत्री स्थानीय शासन घोषणा गर्ने नीतिलाई आत्मसाथ गर्दै वालमैत्री स्थानीय शासन घोषणाका साथै पोषण मैत्री वडा घोषणा कार्यक्रमलाई व्यापक रुपमा कार्यान्वयन गर्नका लागि सम्बद्ध सरोकारवालासंग समन्वय तथा सहकार्य गरिनेछ ।
४. कैलारी गाउँपालिकामा निर्मित १५ शैया आधारभूत अस्पताललाई यथा सिघ्र संचालनमा ल्याइनुका साथै उक्त अस्पताललाई नेपाल सरकार र प्रदेश सरकार संग समन्वय सहकार्य गरी सिकेलसिल म्भमष्अबतभम अस्पतालको रुपमा विकास गरिनेछ ।
५. कैलारी गाउँपालिकाका नागरीकको विकास प्रतिको तिब्र चाहनाका साथै रुपान्तरीत तथा सम्बृद्ध कैलारी निर्माणका लागि ५ वर्षे आवधिक योजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
६. सम्बृद्ध कैलारी गाउँपालिकाको अवधारणालाई मुर्तरुप प्रदान गर्न पूर्वाधार विकास, आर्थिक सम्बृद्धि तथा स्वरोजगार सृजना, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सामाजिक रुपान्तरण तथा समावेशीकरणका कार्यक्रम प्रभावकारिताका साथ कार्यान्वयन गरिनेछन ।
७. कैलारी गाउँपालिकाका बाढीपिडितहरुको स्थायी तथा दीर्घकालीन व्यवस्थापनका लागि नेपाल सरकार तथा प्रदेश सरकारका सम्बद्ध निकायका साथै सरोकारवालासंग समन्वय तथा सहकार्य गरिनेछ ।
८. ओमनगर शिविरका मुक्त कमैयाको उचित व्यवस्थापनका लागि नेपाल सरकार तथा प्रदेश सरकारका सम्बद्ध निकायका साथै सरोकारवालासंग समन्वय तथा सहकार्य गरिनेछ ।
९. रक्त संचार केन्द्र९रेडक्रस० धनगढीसंगको सहकार्यमा कैलारीवासीलाई निस्शुल्क रगतको उपलब्धता कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
१०. कैलारी गाउँपालिकाका प्रसुती असहजता आएका गर्भवती तथा सुत्केरीलाई उपलब्ध गराउदै आएको निस्शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिईनेछ ।
११. कैलारी गाउँपालिकामा वैकल्पिक तथा खुल्ला विद्यालय, अनिवार्य शिक्षाका कार्यक्रम संचालनका लागि बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
१२. गाउँपालिकाका सीप तथा दक्षता प्राप्त व्यक्तिहरुको सीप परिक्षणका लागि ऋत्भ्ख्त् संग समन्वय तथा सहकार्य गरिनेछ ।
१३. गाउँपालिकाको उपलव्ध स्रोत साधमा मितव्ययिता कायम गर्नको लागि संस्थागत समन्वय तथा सहकार्य अभिबृद्धि गरी दोहरोपना न्यूनीकरणका लागि विकास साझेदारसंग समन्वयात्मक रुपमा लागत साझेदारीमा कार्यक्रम कार्यन्वयन गरिनेछ ।
१४. गाउँपालिकाको श्रोत र साधनले सम्पन्न गर्न नसकिने योजना तथा कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार तथा प्रदेश सरकारका सम्वद्ध निकायसंग समन्वय तथा सहकार्य गरिनेछ ।
१५. गाउँपालिकाको सेवा प्रवाहलाई जनमैत्रीका साथ सर्व शुलभ रुपमा उपलब्धताका लागि संस्थागत सुधारका साथै एकीकृत सेवा प्रणालीको शुरुवात गरिनेछ ।
१६. गाउँपालिकाको प्रोफाइल निर्माण, आवधिक योजना निर्माण, मध्यकालीन खर्च संरचना निर्माण लगायत विभिन्न कार्यविधि तथा मापदण्डको निर्माण गरी पालिकाको सेवा प्रवाहलाई व्यवस्थित तथा समय सापेक्ष बनाइनेछ ।
१७. वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, विद्यालयका साथै अन्य सार्वजनिक तथा सामुदायिक संघ संस्थाहरुमा संस्थागत सुधारका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१८. स्वरोजार सृजनाका लागि स्थानीय कला, साहित्य, संस्कृतिको संरक्षण, सम्बर्धन तथा प्रवर्धनका सामुदयिक होमस्टे संचालानका साथै नागरिक परिचालनका कार्यक्रम संचालन गरिनेछन ।
१९. कृषि उपजको संकलन तथा बजारीकरणका लागि कोल्ड च्याम्बर तथा हाटबजार संचालन गरिनेछ ।
२०. गाउँपालिका भित्र रहेका मुक्त कमलरी,भुमिहिन किसानहरुको उचित व्यवस्थापनको लागि नेपाल सरकार,प्रदेश सरकार संग सम्वन्वय र सहकार्य गरिनेछ ।
गाउँसभाका सदस्यज्यू,
अव म, यस सम्मानीत सभामा आर्थिक बर्ष २०८३/८४ का बिषयगत क्षेत्रका नीतिहरु प्रस्तुत गर्न चाहन्छु ।
१० पूर्वाधार विकासमा स्
क. सडक :
‐ निर्मित सडक गुरु योजना अनुसार कैलारी गाउँपालिकाका सबै वस्तीहरुलाई सडक संजालसंग आवद्व गर्न संघीय तथा प्रदेश सरकार संग समन्वय, सहकार्यमा च्यबम अयललभअतष्खष्तथ कार्यलाई निरन्तरता दिइनेछ ।
‐ तुलसीवारी‐गदरिया‐राजीपुर सडक कालोपत्रेका लागि नेपाल सरकार तथा प्रदेश सरकारका सम्बद्ध निकायसंग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ सुर्मिनाला‐लौसा‐बढैपुर सडक तत्काल कालोपत्रे लागि नेपाल सरकार तथा प्रदेश सरकारका सम्बद्ध निकायसंग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ मोहनापारीको शिवरत्नपुर वस्तीहरुलाई लक्षित गरी झो।पु। निमार्णका लागि आवश्यक पहल गरिनेछ ।
‐ नयाँ निर्माण भएका सबै सडकमा ग्राभेल गर्नुका साथै सडकको स्तरोन्नति गरिनेछ ।
‐ सडकको निमार्ण कार्यको गुणस्तरताका लागि निमार्ण सामाग्रीको परिक्षण कार्यलाई संस्थागत गरिनेछ ।
‐ सडकको नियमित मर्मत संम्भारका लागि मर्मत सम्भार कोषको स्थापना गरी नियमित रुपमा सडकको मर्मत सम्भार गर्ने नीतिको अवलम्वन गरिनेछ ।
‐ पूर्वाधार विकासका कार्यक्रमहरु संचालन गर्दा रोजगारी अभिवृद्धि तथा स्वरोजगार श्रृजना हुने कार्यक्रमहरु संचालन गर्नुका साथै रोजगार सेवा केन्द्रका कार्यक्रमसंग जोडिनेछ ।
‐ पूर्वाधारका संरचनाहरु निर्माण गर्दा विपद एवं जलवायु परिवर्तनको प्रभाव कम हुने गरी डिजाइन तथा निर्माण गर्ने नीतिको अवलम्बन गरिनेछ ।
‐ योजनाहरुको छनौट, प्राथमिकिकरण सामाजिक न्याय तथा समावेशीताका आधार योजना प्राथमिकता दिने प्रकृयालाई निरन्तरता दिईनेछ ।
‐ कैलारी गाउँपालिकाको स्वामित्वमा रहेका झो।पु हरुको नियमित मर्मत सम्भार गरिनेछ ।
‐ नदी नियन्त्रणका लागि सवै नदीहरुको विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० तयार गरि नदि किनारामा ग्रिनरीबेल्ट सहितको सडक निर्माणका लागि संघीय तथा प्रदेश सरकार संग समन्वय, सहकार्य तथा अन्तर सम्बन्ध गरिनेछ।
‐ कोईलही ताल पर्यटकीय क्षेत्रलाई धनगढी उ।मा।न।पा।सँग जोडन घुराहा र घुरही नदीमा मोटेरवल पुल निर्माणका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल तथा समन्वय गरिनेछ ।
‐ सडकको संरक्षण सम्बद्र्धन तथा हरियाली प्रवद्र्धनका लागि सडक किनारामा हरियाली बिस्तारका लागि वृक्षारोपणका कार्यक्रम संचालन गरिनेछ ।
ख. बिद्युत तथा वैकल्पिक उर्जा :

‐ कैलारी गाउँपालिकाको मुख्य बजार हसुलिया क्षेत्रमा रात्रीकालिन सुरक्षाको लागि सडक बत्ती एवम सिसिटिभि क्यामेरा जडानका लागि नेपाल प्रहरी संग समन्वय गरिनेछ ।
‐ वन पैदावार बस्तुको उपयोगमा कमिल्याई वन संरक्षणका लागि विधुतको प्रयोग बढाउन लागत सहभागितामा क्ष्लमगअतष्यल चुलो वितरणका साथै वैकल्पिक उर्जा र सुधारिएको चुल्हो संग सम्वन्धित कार्यक्रमहरु संचालन गरिनेछन ।
‐ कृषि क्षेत्रको उत्पादन र उत्पादक्त्व अभिवृद्धि गर्न कृषकहरुको लागत साझेदारीमा कृषि प्रविधि सम्वन्धी यन्त्रिकरणका कार्यक्रम संचालन गरिनेछ ।
‐ उधोग स्थापना तथा औधोगिक वातावरण सृजनाका लागि बिद्युत लाइन विस्तार गरिनेछ ।
ग. भवन :

‐ कैलारी गाउँपालिका, वडा कार्यालयका भवनहरु निर्माण, पुर्ननिर्माण तथा मर्मतका लागि संघीय तथा प्रदेश सरकार संग समन्वय, सहकार्य गरी आगामी आर्थिक वर्ष भित्र संचालनमा ल्याइनेछ ।
‐ गाउँपालिकाको प्रशासनिक भवन तथा स्वास्थ्य सँस्थाहरुका भवन निमार्णका लागि आवश्यक समन्वय तथा सहकार्य गरिनेछ ।
‐ अधुरा तथा क्रमागत रुपमा निमार्ण गर्न बाँकी रहेका भवनहरुको निमार्ण कार्यलाई प्रथामिकता दिईनेछ ।
‐ कैलारी गाउँपालिका भित्र रहेका सार्वजनिक भवनको अभिलेखीकरण तथा संरक्षण गरिनेछ ।
‐ विद्यालय समायोजन९मर्ज०भइ खाली रहेका भवनको संरक्षण,उपयोग तथा सम्बद्र्धनका लागि अध्ययन, अनुसंधान तथा प्रशिक्षण केन्द्र तथा सिप सिकास तालिम केन्द्रको रुपमा उपयोग गरिनेछ ।
‐ भवन लगायत भौतिक संरचना निर्माण गर्दा मैत्री ९पहुँच युक्त० र भू(कम्प प्रतिरोधात्मक तरिकाले निर्माण गर्ने नीतिको अवलम्बलन गरिनेछ ।
‐ गाउँपालिका भित्र गाउँघर क्लिनिक तथा सामुदायिक भवनहरुको निमार्ण कार्यलाई प्राथमिकता दिने तथा वहुउद्धेशीय अवधारणा अनुरुप सामुदायिक भवनको निमार्ण कार्य गरिनेछ ।
‐ भवनहरुको निमार्ण गर्दा भवन संहिता पूर्ण रुपमा लागु गरिनेछ ।
‐ सामुदायिक तथा सुरक्षित भवनको निमार्ण कार्यलाई प्रभावकारीताका साथ कार्यान्वयन गरिनेछ ।
२०. आर्थिक विकासमा ः
क. कृषि विकासमा ः
‐ कैलारी गाउँपालिकाको महत्वपूर्ण योजनाको रुपमा रहेको गुर्गी सिचाई बाँध योजना निर्माणका लागि नेपाल सरकार तथा प्रदेश सरकारका सम्बद्ध निकायसंग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ कृषि पेशालाई व्यवसायमुखी बनाउन नयाँ तथा वैकल्पिक खेती प्रणालीलाई संस्थागत गर्ने कार्यक्रम संचालन गरिनेछ ।
‐ कृषिमा यान्त्रिकीकरण, सौर्य सिचाईका साथै डिप बोरिंग जडानका लागि विभिन्न निकायसंग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ कृषि विकासका लागि दिर्घकालिन, मध्यकालिन, अल्पकालिन तथा क्षेत्रगत योजनाको निमार्ण गरी , कृषिमा यान्त्रीकिरण, सौर्य सिचाई तथा कृषि मिटरको व्यवस्थापनका लागि कृषि बिद्युतिकरणलाइ निरन्तरता दिईनेछ ।
‐ मूल (रैथाने) तथा उन्नत बिउ उत्पादन र वितरण, जैविक तथा रसायानिक मलको सहज उपलब्धताका लागि समन्वय गरिनेछ ।
‐ बाली विमा कार्यक्रम सँचालनका लागि नीति विधिको निर्माण गरी सरोकारवासंगको समन्वय तथा सहकार्यमा प्रभावकारीताका साथ लागु गरिनेछ ।
‐ कृषिको उत्पादकत्व अभिवृद्धिका लागि माटो परिक्षण तथा माटोको उर्वराशक्ति कायम राख्नका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरी सरोकारवाला संग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ कृषि आयमा अभिवृद्धिका साथै जैविक तटबन्धनको रुपमा उखु खेती, बाँस खेतीको विस्तार तथा बगरखेती जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ लागु गरिनेछ ।
‐ जैविक खेती प्रणाली तथा कम्पोष्ट मल, गड्यौला मलको उत्पादनमा प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिने छन ।
‐ कृषि उत्पादनमा अभिवृद्धि गर्न एक वडा एक उत्पादन पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
‐ कृषकका मागमा कृषिमा आधारित लघु उद्यम कार्यक्रम संचालन गर्ने नीति अनुरुपका बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
‐ मौसमी तथा बेमौसमी खेतीको प्रवद्र्धन र टनेल खेती गर्न कृषकलाई सौर्य सिचाईको व्यवस्था गरिनेछ ।
‐ कृषि विकासका कार्यक्रम सँचालनका लागि विभिन्न विकास साझेदारसँग समन्वय गरिनेछ ।
‐ कृषि विकासका कार्यक्रमलाई व्यवस्थित तथा मार्यादित बनाउन समिति तथा समुहको परिचालन तथा क्षमता विकासका कार्यक्रम संचालन गरिनेछन ।
‐ कृषि उपजको बजारीकरण, कृषि उपज सँकलन, हाटबजार तथा मिनी कोल्ड स्टोर सँचालनका लागि सरोकारहरुको सहकार्यमा संचालन गरिनेछ ।
(ख) पशु पंक्षी तथा मत्स्य विकास :
‐ सामुदायिक पशुचौपायाको नियमन तथा गोठ सुधार तथा गौशाला व्यवस्थापनका कार्यक्रम गरिनेछन ।
‐ विपन्न तथा सिमान्तकृत घरपरिवारलाई लक्षित गरी पशुपालन सम्बन्धि अनुदानका कार्यक्रमहरु संचालन
गरिनेछ ।
‐ पशुपालनलाई व्यवसायीकरण गर्न पशुपालन पकेट क्षेत्र कार्यक्रम, पशु नस्ल सुधार कार्यक्रम तथा पशु पंक्षि विकास कार्यक्रम लागु गरिनेछ ।
‐ कृतिम गर्भाधारण तथा नश्ल सुधारका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
‐ माछापालनलाई व्यवसायीकरण गरी अधिकतम उत्पादन तथा बजारीकरण नीतिको अवलम्बन गरिनेछ ।
‐ पशु विमाका कार्यक्रम सँचालन तथा व्यवस्थापनका लागि समन्वय तथा सहकार्य गरिनेछ ।
‐ कृषकहरुलाई सुलभ रुपमा सेवा प्रदान गर्नका लागि वडा स्तरमा सेवा केन्द्रको स्थापना गरिनेछ ।
‐ बंगुर, हाँस, कुखुरा तथा बाख्रा विकासका लागि आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
‐ पशु खोप तथा पशु स्वास्थ्यका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरुनुका साथै पशु स्वास्थ्य शिविर संचालन गरिनेछ ।
(ग) सहकारीता तथा उद्यम विकास स्
‐ सहकारीको क्षमता विकासका कार्यक्रम सँचालन गर्नुका साथै सहकारीसँगको समन्वय तथा सहकार्यमा कृषि विकासका कार्यक्रम सँचालन गरिनेछन ।
‐ सहकारीता क्षेत्रको विकास, विस्तार ,प्रवद्र्धन र प्रोत्साहनमा जोड दिने कार्यक्रमहरु संचालन गरिने छ ।
‐ उद्योग स्थापनाका लागि दिर्घकालिन योजना निमार्ण गरी उद्योगमैत्री वातावरणको श्रृजना सम्भाव्यता अध्ययन तथा सहकार्यमा कार्यक्रम संचालन गरिने छन ।
‐ सहकारीताका माध्यमबाट लघु तथा उद्यम श्रृजनाका कार्यक्रमहरु संचालन गरिनेछन ।
‐ सहकारीका कार्यलाई जनमैत्री बनाउनका लागि आवश्यक विधि तथा नीतिको निर्माण गरिनेछ ।
‐उद्यम विकास मार्फत स्थानीय सीप, प्रविधि तथा श्रोतको पहिचान, परिचालन तथा प्रवद्र्धनका साथै आयमूलक कार्यक्रम सँचालन गरिने छन ।
‐ स्थानीय कैलारीवासीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउनका लागि स्थानीय श्रोत साधनमा आधारित उद्यम विकासका कार्यक्रमहरु सँचालन गरिने छन ।
‐ सहकारीका कार्यक्रमलाई नतिजा तथा जनमुखी बनाउन सहकारीको नियमन तथा अनुगमन प्रणालीलाई प्रभावकारिताका साथ लागु गरिनेछ ।
‐ सामुहिक तथा बगर खेतीका कार्यक्रम सहकारी तथा समुह मार्फत संचालन गर्ने नीतिको अंगिकार गरिनेछ ।
(घ) आयआर्जन तथा सीप विकास :
‐ स्थानीय परम्परागत सीपको पहिचान तथा अभिलेखीकरण गरि स्थानीय स्रोत साधनमा आधारित आयआर्जनका कार्यक्रम संचालन गरिनेछ ।
‐ स्थानीय सीप तथा प्रविधिको सँरक्षण, आयआर्जनका कार्यक्रम संचालन गर्न अन्तरपुस्ता सीप हस्तान्तरणका कार्यक्रम संचालन गरी युवालाई स्वरोजगार बनाईनेछ ।
‐ विपन्न, सिमान्तकृत, अल्पसँख्यकलाई लक्षित गरी आयआर्जन तथा सीपविकासका कार्यक्रम सँचालन गरिनेछन ।
‐ लक्षित वर्गको आयआर्जन तथा स्वरोजगारीका लागि क्षमता विकास तथा रोजगारीका कार्यक्रमहरु संचालन गरिनेछन ।
‐ विभिन्न सरकारी, गैह्रसरकारी संघरसंस्था तथा निजी क्षेत्रको समन्वयमा सीप विकास तथा आयआर्जनका कार्यक्रम संचालन प्रकृयालाई अझै समन्वयात्मक गरिनेछ ।
‐ आयआर्जन तथा सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाईनेछ र सोका लागि विभिन्न विकास साझेदारसँगको सहकार्यमा प्याँकेजमा कार्यक्रम कार्यान्वयन गरिनेछ ।
‐ कैलारी गाउँपालिकामा विभिन्न सीप तथा दक्षता भएका नागरिकको सुची तयारी गरी सीप परिक्षणका कार्यक्रम संचालन गरिनेछ ।
(ङ) युवा परिचालन तथा स्वरोजगार कार्यक्रम :
‐ सुचना र संचार प्रविधीको बढदो उपयोगलाई आम्दानी संग जोडनको लागि युवाहरुका लागि Digital marketing, AI, जस्ता तालिम संचालन गरिनेछ ।
‐ युवाहरुलाई स्वरोजगार एवम व्यवसायीक बनाउन उद्यमशिलता पर्वद्वन कार्यक्रम संचालन गरिनेछ ।
‐ स्थानीय सरकार प्रतिको युवाहरुमा बढदो Negativity हटाई युवाहरुलाई शासन र विकास निर्माणमा परिचालन गर्नको लागि “विकास र सम्वृद्विको लागि युवाहरुमा सकारात्मक चिन्तन”का कार्यक्रमहरु संचलान गरिनेछ ।
‐ स्थानीय विकास निमार्णका कार्यहरुमा युवालाई परिचालन गरिनेछ ।
‐ युवाहरुलाई लागु औषध र दुर्वव्यसनीबाट छुटाउनको लागि सरोकारवालाहरको सहभागितामा जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
‐ युवाहरुको क्षमता, तथा व्यक्तित्व विकासका कार्यक्रम संचालन गरिनेछन ।
‐ स्वरोजगार प्रबद्र्धन कार्यक्रमलाई बेरोजागर युवा लक्षित गरी संचालन गरिनेछ ।
‐ युवाको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदका कार्यक्रम संचालन गरिनेछन ।
‐ युवाहरुलाई विभिन्न अभियान तथा समाज रुपान्तरणका कार्यक्रममा सहभागी गरईनेछ ।
‐ युवाहरुलाई सृजनशील बनाउन नवप्रवर्तनका कार्यक्रम संचालन गरिनेछन ।
(च) पर्यटन विकासः
‐ पर्यटन गुरुयोजनाको निमार्ण गरी पर्यटन प्रवद्र्धन तथा एकिकृत पर्यटन विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।
‐ कैलारी गाउँपालिकाका पर्यटकीय क्षेत्रको परिचय सहितको पर्यटन पाश्वचित्र निमार्ण गरिनेछ ।
‐ प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक सम्पदाहरुको उचित संरक्षण सम्बर्धन तथा प्रवद्र्धनका कार्यक्रमहरु संचालन गरिनेछन ।
‐ ताल तलैयाको एकिकृत अभिलेख एवं होमस्टेको प्रवद्र्धनका लागि बिशेष कार्यक्रम संचालन गरिनेछन ।
‐ स्थानीय समुदयको कला संस्कृतीहरुको संरक्षण, सम्वद्र्धनका लागि बिशेष कार्यक्रम संचालन गरिनेछन ।
‐ स्थानीय परम्परा,संस्कृतीको संरक्षण तथा प्रवद्र्धनका लागि संग्रहालयको स्थापनाका निम्ति समन्वय
गरिनेछ ।
‐ कृषि पकेट क्षेत्रको विकास गरी कृषि पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गरिनेछ ।
३, सामाजिक विकासमा
क. लैगिंक समानता तथा सामाजिक सामावेशीकरण :
‐ समुदायमा रहेका परम्पराजन्य हानीकारक अभ्यासहरु न्यूनीकरणका लागि आवश्यक कार्यक्रम संचालन
गरिनेछ ।
‐ बालमैत्री वडा तथा स्थानीय तह घोषणाका लागि नीतिको तर्जुमा गरी कार्यक्रम कार्यान्वयन गरिनेछ ।
‐ अपाङ्गता लगायतका सामाजिक तथा आर्थिक रुपमा पछाडि रहेका व्यक्तिहरुलाई लक्षित गरी उद्यमशिलता तथा स्वरोजगारका कार्यक्रमहरु संचालन गर्न जोड दिइनेछ ।
‐ पूर्ण विभेदमुक्त कार्यक्रमका मार्फतः समाजमा भएका असल प्रयासहरुलाई संस्थागत गर्ने तथा विसंगती तथा विकृती ९छाउपडी, बोक्सी, जातीय छुवाछुत, लैगिंक विभेद, लागु औषधको प्रयोग जस्ता० को अन्त्यका लागि संचेतनाका कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिनेछ ।
‐ अनाथ, असाहय तथा सँरक्षण विहिन बालबालिकाका लक्षित विशेष कार्यक्रम समन्वयात्मक रुपमा सँचालन गरिनेछ ।
‐ लैंगिक तथा यौनिक अल्पसंख्यक र अन्य अल्पसंख्यक समुदायको उत्थान, क्षमता विकास तथा शसक्तिकरणका लागि आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
‐ बाल विकास तथा बाल सहभागिता अभिवृद्धि लागि विशेष कार्यक्रम सँचालन गरिनेछ ।
‐ गाउँपालिकाले शहिद परिवारहरुको सम्मानका विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ ।
‐ लैंगिक तथा घरेलु हिँसा पिडितहरुका लागि सुरक्षित आवास गृह ९सेफ हाउस० निमार्ण तथा संस्थागत रुपमा संचालनका लागि समन्वय तथा सहकार्य गरिनेछ ।
‐ लैंगिक हिँसा पिडित कोष स्थपाना तथा संस्थागत गर्नुका साथै कोषको संचालन तथा व्यवस्थापनका लागि सरोकारवाला सँग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ ओमनगर मुक्त कमैया शिविरको व्यवस्थापनका लागि नेपाल सरकार तथा प्रदेश सरकारका सम्बद्ध निकायसंग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ सामाजिक समावेशीकरणका कार्यक्रम प्राथमिकताका आधारमा पारदर्शि रुपमा सँचालन गरिनेछन ।
‐ बालबालिकाको सर्वोत्तम हितलाई सँस्थागत गर्ने नीतिको आवलम्बलन गरिनेछ ।
‐ जनमैत्री सेवा प्रवाहका लागि गाउँपालिका तथा वडा कार्यालयहरुमा स्तनपान कक्ष निर्माण गरिनेछ ।
‐ मुक्त कमैया, पुर्व कम्लहरी तथा मुक्त हलिया लक्षित गरी समाजिक तथा आर्थिक रुपान्तरणका कार्यक्रम संचालनका निम्ति सम्बद्ध सरोकारवाला निकायसंग समन्वय तथा सहकार्य गरिनेछ ।
ख. शिक्षा :
‐ कैलारी गाउँपालिकाका नागरिकहरुलाई लक्षित गरी खुल्ला तथा वैकल्पिक विद्यालय संचालन गरिनेछ ।
‐ अभिभावक शिक्षा कार्यक्रमलाई संस्थागत गरी गुणस्तरीय शिक्षाका कार्यक्रम संचालन गरिनेछ ।
‐गाउँ शिक्षा योजनाले निर्दिष्ठ गरेका क्रियाकलापहरु समन्वयात्मक रुपमा संचालान गरिनेछ ।
‐ विद्यालय भर्नादर शतप्रतिशत तथा बिद्यालय छोडने दर सुन्यमा झार्न हेप्पी स्कूलको अवधारणा कार्यान्वयन
गरिनेछ ।
‐ स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्न कर्यपुस्तक निर्माण गरी वितरण गरिनेछ ।
‐ शिक्षालाई स्वरोजगारमुखी बनाउन कैलारी गाउँपालिकामा प्राविधिक तथा व्यवसायिक शिक्षाका कार्यक्रम सँचालनका लागि आवश्यक समन्वय तथा सहकार्य गरिनेछन ।
‐ शैक्षिक गुणस्तर सुधार तथा गुणस्तरीय शिक्षाको प्रवद्र्धन गरी मार्यादित रुपमा शैक्षिक विकास सस्थागत गर्न विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यलाई संस्थागत गरिनेछ ।
‐ विद्यालयमा हुने शैक्षिक गतिविधिको अनुगमन, निरीक्षण र मुल्यांकनलाई नियमित र प्रभावकारी बनाउन अनुगमन संयन्त्रको निर्माण तथा संघन अनुगमन संसयन्त्रको निमार्ण गरी जनशक्तिको व्यवस्थापन गरिनेछ ।
‐ सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकको क्षमता विकास कार्यक्रम संचालन
गरिनेछन ।
‐ बालमैत्री विद्यालय संचालन तथा बालमैत्री सिकाईका सिद्धान्तलाई संस्थागत गरिनेछ ।
‐ विद्यालय व्यवस्थापन समितिको बैठकलाई उपलब्धि र नतिजामूलक बनाउनका लागि विद्यालय व्यवस्थापन समितिको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।
‐ विद्यालयहरुको कार्य सम्पादनको आधारमा मूल्याङ्कन गरी पुरस्कृत गरिनेछ ।
‐ शिक्षकहरुलाई पेशागत काममा बढी केन्द्रित हुनका लागि अभिप्रेरित हुने खालका कार्यक्रमहरु तर्जुमा गरिनेछन
‐ बालमैत्री सिकाईलाई संस्थागत गर्न आवश्यक कार्यक्रमको कार्यान्वयन गर्ने नीतिलाई अंगिकार गरिनेछ ।
‐ शैक्षिक गुणस्तरमा सुधारका लागि उत्तकृष्ट बिद्यार्थी, शिक्षक तथा बिद्यालयलाई प्रोत्साहनका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।
‐ गाउँपालिकाले संस्थागत बिद्यालयलाई समेत सामुदायिक बिद्यालय जस्तै अपनत्वको व्यहार गर्ने तथा संस्थागत विद्यालयका बिद्यार्थीहरुलाई समेत उत्प्रेरणा अभिबृद्धिका कार्यक्रम संचालन गर्नेछ ।
‐ विद्यालय व्यवस्थापन समिति लगायतका समितिहरुमा बालबालिकाहरुलाई लक्षित गरी छलफलका कार्यक्रमहरु संचालन गरी शैक्षिक गुणस्तरको अभिबृद्धि गरिनेछ ।
‐ निजी श्रोतका शिक्षहरुको उचित सम्मान गर्दै शिक्षकहरुको व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमालाई निरन्तरता दिईनेछ ।
‐ शैक्षिक विकास तथा गुणस्तरीय शिक्षाका लागि कैलारी गाउँपालिकामा बहुमुखी क्याम्पसको स्थापना गर्न पहल
गरिनेछ ।
ग. स्वास्थ्य ः
‐ कैलारी गाउँपालिकामा १५ सैयाको अस्पताल चालु आ.व भित्र संचालन गरिनेछ ।
‐ आर्थिक बर्ष २०८३/८४ भित्र पोषणमैत्री वडा घोषणाका कार्यक्रम कार्यान्वन गरिनेछ ।
‐ कैलारी गाउँपालिकाको १५ शैया अस्पताललाइ सिकलसेल अस्पतालका साथै सेती प्रादेशिक अस्पतालको शाखा अस्पतालको रुपमा संचालन गर्न नेपाल सरकार तथा प्रदेश सरकारका सम्बद्ध निकायमा समन्वय
गरिनेछ ।
‐ प्रसुती गृहहरुको स्तरोउन्नती तथा प्रजनन स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा सँचालन गरिनेछन ।
‐ स्वास्थ्य सेवामा गुणस्तरियताका लागि प्राविधिक जनशक्तिको क्षमता विकासका साथै स्वास्थ्य संस्थाको स्तरोन्नतीका लागि सम्बद्ध निकायमा अनुरोध गर्ने तथा स्वास्थ्य सेवालाई भरपर्दो र गुणस्तरीय बनाईनेछ ।
‐ अति गरीव परिवारहरुलाई स्वास्थ्य सेवा बीमा गर्ने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि नीति, बजेट, कार्यक्रमको तर्जुमाका साथै सम्बन्धित सरोकारवालासँग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ महिला स्वास्थ्य स्वयमसेवकको मनोवलमा उच्चताका लागि प्रोत्साहनमूलक कार्यक्रमलाइ निरन्तरता
दिईनेछ ।
‐ विपन्न तथा सिकलसेलका विरामीहरुको औषधी उपचारका लागि गाउँपालिकामा औषधी उपचार कोषको व्यवस्था गरीनुका साथै जनचेतना अभिबृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।
‐ दिर्घ रोगका बिरामीहरुको औषधी उपचारका लागि आवश्यक नीति, बजेट तर्जुमा तथा जनचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
‐ मानसिक रोगबाट प्रभावितको सम्मान तथा स्वास्थ्यमा सुधारका विविध कार्यक्रम तर्जुमा गर्ने तथा मानसिक रोगको न्यूनीकरणका लागि मानोसमाजिक परामर्शका कार्यक्रम संचालन गरिनेछन ।
‐ महामारी तथा अन्य प्रकोपबाट पिडितहरुको उपचार तथा राहतका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरी राहत तथा पुर्नस्थापना कोषको स्थापना गरी कार्यक्रम संचालन गरिनेछन ।
‐ लागु औषध तथा दुव्र्यसनमा रहेका वर्गको पुर्नस्थापना तथा मनोसामाजिक परामर्शका लागि परामर्श केन्द्र तथा परामर्श कर्ताको व्यवस्थापनका लागि बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
‐ आयुर्वेद, पंचकर्म सेवा तथा आयुर्वेद चिकित्साको प्रचार प्रसार तथा जडीबुटी खेती प्रवद्र्धन तथा प्रसोधन, योग शिविर कार्यक्रम सँचालन गरिनेछ ।
‐ विद्यालय स्तरमा योग शिक्षाका कार्यक्रम संचालन गर्ने तथा जडीबुटी सम्बन्धि हाते पुस्तिकाको प्रकाशन गरी आयुर्वेद पद्धतीका प्रचार प्रसार गरिनेछ ।
‐ जिरोहोम डेलीभरी तथा पूर्ण वृद्धि अनुगमनका लागि आवश्यक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
‐ महामारी, सरुवा रोग तथा विभिन्न किसिमका रोग तथा प्रकोपको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
‐ गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा र सिकलसेलका विरामीलाई उपलब्ध गराउदै आएको यातायात खर्चलाई निरन्तरता दिईनेछ ।
घ. खानेपानी सरसफाई तथा स्वच्छता :
‐ कैलारी गाउँपालिकामा निर्माण भएका खानेपानीका पाइप प्रणाली मार्फत शुद्ध खानेपानी योजना संचालनका लागि नेपाल सरकार तथा प्रदेश सरकारका सम्वद्ध निकायमा समन्वय गरिनेछ ।
‐ गाउँपापालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउनका लागि सार्वजनिक तथा पर्यटकीय क्षेत्रमा सार्वजनिक सौचालयको व्यवस्थापन गरिनेछ ।
‐ सफा सुन्दर हराभरा गाउँपालिका बनाउन एक घर एक धाराको नीति अवलम्वन गरिनेछ ।
‐ कैलारी गाउँपालिकाका नागरिकलाई सफा र स्वच्छ खानेपानी दिगो रुपमा उपलब्ध गराउनका लागि नागरिककै सह लगानीमा खानेपानीका योजना संचालन गर्ने नीतिको अंगिकार गरिनेछ ।
‐ कैलारी गाउँपालिका नागरिकलाइ लक्षित गरी सरसफाई तथा स्वच्छताका कार्यक्रम संचालन गरिनेछन ।
‐ गाउँपालिकामा उत्पादन हुने फोहरको व्यवस्थापनका लागि नागरिकसंगको समन्वयमा ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरिनेछ ।
‐ वास प्लानको कार्यान्वयनका बजेट तथा कार्यक्रमको तर्जुमा सरोकारवासंग निकायसंग समन्वय तथा सहकार्य
गरिनेछ ।
ङ. सामाजिक परिचालन :
‐ स्थानीय विकासका कार्यमा भलमन्सा, युवा क्लव, समुह तथा नागरिक समाजलाई परिचालन गरिनेछ ।
‐ स्थानीय स्तरमा गठन भएका समुह, सञ्जाल तथा क्लवहरुको क्षमता विकासका कार्यक्रम संचालन गरिनेछन
‐ स्वयंसेवी भावना, अपनत्व, सहअस्तित्व, सहिष्णुता तथा समाजिक सदभाव अभिबृद्धिका कार्यक्रहरु संचालन गर्न बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
‐ विभिन्न सामाजिक अभियान तथा सामाजिक सदभाव कायम गर्ने कार्यक्रमका साथै विकृती, कुप्रथा तथा कुसस्कार न्यूनीकरणका लागि समाजिक अगुवा, धामी, गुरुवा तथा पण्डित पुरोहितको सहभागिता अभिबृद्धि हुने खालका कार्यक्रम संचालनका लागि बजेट, तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
‐ विकास प्रकृयामा सवैको जागरुकता तथा संगठित रुपमा सहयोग गर्ने परिपाटीको विकासका लागि आवश्यक कार्यक्रमको तर्जुमा गरिनेछ ।
‐ स्थानीय समुदायमा अधिकार प्रति सचेत र कर्तव्य प्रति जागरुक हुने खालका कार्यक्रमहरु संचालन गर्न आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
‐ जस्को सवाल उसैको सहाभागिताको सिद्धान्तका आधारमा कार्यक्रमको कार्यान्वयन गर्ने नीति अङ्गीकार
गरिनेछ ।
च. युवा तथा खेलकुद :
‐ युवा लक्षित नेतृत्व विकास तथा सामाजिक रुपान्तरणका कार्यक्रम संचालन गरिनेछ ।
‐ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यक्तित्व निमार्णका लागि विशेष प्रशिक्षक खेलकुदका कार्यक्रम सँचालन
गरिनेछन ।
‐ युवाहरुलाई लक्षित गरी व्यक्तित्व तथा क्षमता विकासका कार्यक्रम सँचालन गरिनेछन ।
‐ युवाहरुको शारिरीक तथा मानसिक विकासका लागि युवा लक्षित परामर्शका कार्यक्रम गरिनेछ ।
‐ एक वडा एक खेलमैदान स्तरोउन्नतीका कार्यक्रमहरु संचालन गरिनेछ ।
‐ युवाहरुको शारिरिक क्षमता विकासका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु संचालन गरिनेछन ।
४; वनवातावरण तथा विपद व्यवस्थापनमा :
क. वन विकास तर्फ :
‐ वन तथा वन्यजन्य पशुपक्षी संरक्षणका कार्यक्रमहरु सँचालन गरिनेछन ।
‐ वन अतिक्रमण र वन विनाश नियन्त्रण गर्न विशेष कार्यक्रमहरु संचालन गरिनेछ ।
‐ तालतलैयाहरुको उचित संरक्षण, संवद्र्धन तथा व्यवस्थापन र आय आर्जनका लागि सरोकारवालासंग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ वनलाई आयमुखी बनाउनका लागि वन क्षेत्रभित्र हर्रो, बर्रो, अमला, निम जस्ता बहुउपयोगी वनस्पतिहरुको बृक्षा रोपण गर्नुका साथै स्थानीय उपभोक्ताहरुसँगको सहकार्यमा बेत, बाँस, बावियो जस्ता उच्चमूल्य श्रृखला भएका वन्यजन्य उत्पादनका लागि आवश्यक कार्यक्रमहरु तर्जुमा गरिनेछ ।
‐ वृक्षारोपणका कार्यक्रहरु संचालन गर्दा माटो परिक्षण गरी उपयुक्त जातको वृक्षारोपण गर्ने कार्यक्रमको तर्जुमा
गरिनेछ ।
‐ रोपिएका बोटविरुवाको संरक्षणका लागि आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
‐ वनपैदावारको उचित व्यवस्थापनका लागि नीति, बिधिको निर्माण गरी संयन्त्र परिचालन गरिनेछ ।
‐ वन जन्य उत्पादनमा आधारित लघु उद्यम विकासका कार्यक्रम संचालन गरिनेछ ।
‐ वन विकास तथा वन संरक्षणका कार्यक्रम समन्वयात्मक रुपमा संचालन गरिनेछ ।
ग. उर्जा वातावरण तथा जलवायु परिवर्तन :
‐ कैलारी गाउँपालिकाको स्थानीय अनुकुलन योजना तयार गरी योजनाको कार्यान्वयन लागि सम्वद्ध निकायसंग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रमहरु संचालनका लागि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरिनेछन ।
‐ विकास कार्यक्रम संचालन गर्दा वातावरण संरक्षण क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरु बीच समन्वय गरी एकद्धार प्रणालीबाट विपद् व्यवस्थापन कार्यक्रम संचालन गर्न जोड दिइनेछ ।
‐ वातावरण संरक्षण तथा जलवायु परिवर्तनले पार्ने प्रभाव तथा असरहरुका बारेमा जनचेतना अभिवृद्धि तथा अनुकुलनका कार्यक्रमहरु प्रभावकारीताका साथ संचालन गरिनेछन ।
‐ वातावरण सरसफाई तथा गृहणीको स्वास्थ्यमा सुधारका लागि सुधारिएको चुल्हो बाँयोग्यास तथा रसायन ग्याँसको व्यवस्थापन गरिनेछन ।
‐ जलवायु परिवर्तन अनुकुलनका कार्यक्रमहरु : सचेतना अभिबृद्धि, वैकल्पिक खेती, सुरक्षित आवास कार्यक्रम समन्वयात्मक रुपमा संचालन गरिन्छ ।
घ. बिपद जोखीम न्यूनीकरण तथा वातावरण संरक्षण :
‐ विपद प्रभावित क्षेत्रको जोखिम नक्सांकन गरी पुर्व तयारी लगायत विपद व्यवस्थापनका कार्यक्रम संचालनका लागि बजेट तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गरिनेछ ।
‐ विपद जोखीमको न्यूनीकरणका लागि खोज तथा उद्धारकर्ता र प्रतिकार्य दलको क्षमता विकासका कार्यक्रमहरु संचालन गर्नुका साथै विपद व्यवस्थापन कोषको व्यवस्थापनमा कोषको वृद्धिका कार्यक्रमहरु गरिनेछ ।
‐ विपदबाट प्रभावितहरुलाई तत्काल राहत उपलब्ध गराउनका लागि विपद व्यवस्थापन कोषको व्यवस्था
गरिनेछ ।
‐ विपद जोखीम न्यूनीकरणका गर्न आवश्यक श्रोत तथा साधनको व्यवस्थापनका लागि बिभिन्न निकायसँग समन्वय गरिनुका साथै संचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।
‐ विपद जोखीम न्यूनीकरणका लागि प्रत्येक वडामा विपद प्रतिकार्यदलको गठनका लागि कार्यक्रमको तर्जुमा गरी क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।
‐ विपद जोखीममा तत्काल राहतका लागि समयमै खाद्य तथा गैह्रखाद्य सामाग्रीको व्यवस्थापन, सुरक्षित आश्रय स्थलको लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
‐ विपद जोखीम न्यूनीकरणका लागि समयमै सूचना प्रवाह गर्ने पूर्व सूचना कर्ता (गेज रिडर) हरुको आत्मवल अभिबृद्धिका लागि प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछन ।
‐ विपद जोखीम न्यूनीकरणका कार्यक्रम प्रभावकारीताका साथ संचालाल गर्न सम्बद्ध सरोकारवालासंग समन्वय तथा सहकार्य गरिनेछ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा :
क. सुशासन तथा पारदर्शिता :
‐ सार्वजनिक हित तथा साझा सरोकारका सवालहरुको सम्बोधनका लागि सम्वद्ध सबैसंग समन्वय तथा सहकार्य
गरिनेछ ।
‐ शुसासन तथा पारदर्शीतालाई सँस्थागत गर्नका लागि सञ्चार माध्यम तथा तेस्रो पक्ष मूल्याँकबाट गराईनेछ ।
‐ मिडिया परिचालनरप्रेस रिलिजरप्रेस मिट तथा जनतासँग जनप्रतिनिधि कार्यक्रम संचालन गरिनेछ ।
‐ सार्वजनिक सुनुवाई, समिक्षा, सामाजिक परिक्षण तथा प्रभाव मुल्यांकनलाइ थप प्रभावकारी बनाईनेछ ।
‐ गाउँपालिका तथा गाउँपालिका भित्रका सबै सार्वजनिक निकायको अनुगमन तथा नियमनलाई व्यवस्थित तथा पारदर्शिताका साथ लागु गरिनेछ ।
‐ गाउँपालिकाबाट सम्पादन भएका कार्यहरुको विवरण सवैका जानकारीका लागि उपलब्ध गराईनेछ ।
ख. क्षमता विकास :
‐ गाउँपालिकाको सेवा प्रवाह प्रकृयालाई सहज, दुस्तचुस्त बनाउनका लागि विभिन्न सफ्टवेयरको प्रयोग गरिनुका साथै बिद्युत सुशासन प्रणालीलाई सँस्थागत गरिनेछ ।
‐ गाउँपालिकाको सेवा प्रवाहलाई जनमैत्री तथा समयानुकुल बनाउन गाउँपालिकाको O&M गरिनेछ ।
‐ कैलारी गाउँपालिकाको मानव सँसाधन विकास योजना निमार्ण गरिनेछ ।
‐ समय सापेक्ष रुपमा पदाधिकारी तथा कर्मचारीको कार्य दक्षता अभिबृद्धि कार्यक्रम संचालन गरिनेछ ।
‐ स्थानीय स्तरका नागरिक समाजका प्रतिनिधिहरुको क्षमता विकासका लागि बजेट तथा कार्यक्रमको तर्जुमा
गरिनेछ ।
‐ न्यायिक समितिका पदाधिकारी, सामुदायिक मेलमिलापकर्ता भलमन्सा तथा बरघरहरुको क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ ।
‐ प्रभावकारी रुपमा योजनाको कार्यान्वयनका लागि उपभोक्ता समितिका पदाधिकारीलाई अनुशिक्षणका कार्यक्रम सँचालन गरिनेछन ।
‐ पदाधिकारी तथा कर्मचारीहरुको उत्प्रेरणा अभिबृद्धिका लागि अध्ययन, अवलोकन तथा कार्यसम्पादनका आधारमा प्रोत्साहन गरिनेछ ।
ग. संस्थागत विकास ः
‐ एचयवभअत द्यबलप तयार गरी एचयवभअत द्यबलप मा भएका योजनाहरुको सम्भाव्यता अध्ययन, सर्वे गरी सालवसाली कोषको व्यवस्था गरी श्रोतले कार्यान्वयन गर्न नसकिने ठूला योजनाहरुको कार्यान्वयनका लागि सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।
‐ सार्वजनिक खरीद प्रकृयालाई व्यवस्थित गर्न खरिद गुरु योजना निमार्ण गरी खरिद ईकाइ र खरीद सचिवालयको गठन गरी खरीद प्रकृयालाई व्यवस्थित र मितव्ययी बनाईने छ ।
‐ योजनावद्ध विकास प्रकृयालाई संस्थागत गर्न विषयगत तथा क्षेत्रगत योजनाहरुको तर्जुमा गरिनेछ ।
‐ गाउँपालिकाको विकास प्रकृयालाई प्रभावकारी , दिगो तथा व्यवस्थित बनाउनका लागि गाउँपालिकाको श्रोत नक्साँकन गरीनेछ ।
‐ गाउँपालिकाको सेवा प्रवाहलाई जनमैत्री तथा पहुँचयुक्त बनाउनका लागि सँस्थागत सुधारका कार्यक्रम कार्यान्वयन गरिनेछन ।
‐ वडा कार्यालय, बिद्यालय तथा स्वास्थ्य सँस्थाहरुको सेवालाई सहज तथा जनमैत्री बनाउनका लागि सँस्थागत सुधार तथा पूर्वाधारको विकास गरिनेछ ।
घ. गै.स.स. सहजीकरण तथा नियमन :
‐ गै.स.स.हरुका कार्याक्रमहरुलाई एकद्वार प्रणाली (इलभ मययच एयष्अिथ) बाटसंचालन गर्ने नीति अंगिकार
गरिनेछ ।
‐ गै.स.स.हरुका कार्याक्रमहरु सहजिकरण र नियमन गर्दै प्रभावकारी बनाउनका लागी गैसस डेक्सको स्थापना गरिनेछ ।
‐ राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई गाउँपालिकाको वार्षिक योजना प्रणालीमा समेट्दै त्यस्ता गै।स।स।हरुको कार्यक्रम र बजेटको पारदर्शीता कायम गर्न जोड दिइनुका साथै गैसससँग समन्वयात्मक कार्यक्रम संचालन गरिनेछ ।
‐ गैर सरकारी संघ(संस्थासँगको समन्वय तथा सहकार्यमा सामाजिक रुपान्तरणका साथै अन्य कार्यक्रमहरु कार्यान्वयन गरिनेछन ।
‐ कैलारी गाउँपालिकामा क्रियाशिल गैरसरकारी सँघरसँस्थाहरुसँग नियमित समन्वयात्मक बैठक बसी कार्यक्रमको तर्जुमा गरिनेछन ।
‐ समान प्रकृतिका कार्य सँचालन गर्ने गै।स।स।सँग समन्वयात्मक रुपमा कार्यक्रम सँचालन गरिनेछ ।

ङ. बजेट तथा राजश्व परिचालन :
त‐ालतलैयाहरुको ठेक्का व्यवस्थापन तथा असुली प्रकृयालाई व्यवस्थित र पारदर्शिताका साथ लागु गर्नका लागि कार्यदालरसहजिकरण समितिको गठन नागारिक समाजलाई परिचालन गरिनेछ ।
‐ कैलारी गाउँपालिकामा रहेका तालतलैयाहरुको अभिलेखीकरण भ्क्ष्ब् (वातावरणीय प्रभाव मूल्यांकन) गरिनुका साथै तालतलैयाको उचित व्यवस्थापन तथा आयमुखी बनाउनका लागि सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गरिनेछ ।
‐ कैलारी गाउँपालिकाका नागरीकहरुको आम्दानीको बिश्लेषण गर्दै करका दर तथा दायरामा पुर्नावलोकन
गरिनेछ ।
‐ गाउँपालिकाले लगाएका ठेक्काहरुको व्यवस्थापन गरिनुका साथै आन्तरीक आयको अभिवृद्धिका लागि कार्यदलको गठन गरिनेछ ।
‐ गाउँपालिकाको आन्तरीक आयको अभिवृद्धिका साथै वित्तिय व्यवस्थापनका लागि राजश्व सुधार योजना निमार्ण तथा कार्यान्वयन गरिनेछ ।
‐ स्थानीय राजश्व परामर्श समितिको सिफारिस अनुसार आन्तरिक आयका श्रोतहरुको पहिचान गर्नुका साथै आन्तरिक आयका थप दायरा तथा दर निर्धारण गरिने छ ।
‐ पेश्की सुन्य नीतिलाई प्रभावकारी रुपमा कार्यानवयन गरिनेछ ।
‐ बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा सामाजिक न्यायको अवधारणा अनुसार गरिने नीतिलाई अंगिकार गरिनेछ
‐ कर शिक्षालाई प्रभावकारी रुपमा लागु गर्नका लागि कर संचेतनाका कार्यक्रमहरु संचालन गरिनेछ ।
‐ आन्तरीक आयको अभिबृद्धि तथा संकलन र पेश्की बेरुजुको फच्र्यौट लागि व्यवस्थित राजश्व शाखाको स्थापना तथा कार्यदलको गठन गरिनेछ ।
‐ गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका साथै समन्वयात्मक रुपमा कार्यक्रम सचालनका लागि सामुदायिक वन तथा अन्य सरोकारवालासँग समन्वय, सहकार्य गरिनेछ ।
‐ नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त बजेट सिंलिग अनुसारको बजेटको सुनिश्चितता नहुने हुँदा सोलाई समेत आधार मानी बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
यस गरिमाय सभाका सभा सदस्यज्यूहरु
अन्त्यमा,यो नीति, तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सक्रिय सहभागी भै योगदान पु¥याउने यस गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभाका सदस्यहरु,गाउँपालिकामा क्रियाशिल राजनितिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु प्रमुख प्रशासकिय अधिकृत लगायत कर्मचारी मित्रहरु तथा सरोकारवालाहरु प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यबाद दिन चाहन्छु । कैलारी गाउँपालिकाको समग्र विकासका लागि नेपाल सरकार, प्रदेश सरकार, राष्ट्रिय योजना आयोग, विकास साझेदार तथा सम्पूर्ण कैलारीवासी नागरिक, राजनितिक दल, नागरिक समाज,वुद्धिजिवी, प्रवुद्धवर्गबाट सदैव रचनात्मक सहयोग, सदभाव समन्वय तथा पृष्ठपोषणको आशा र अपेक्षा गर्दछु ।