२५ असार २०८२, बुधबार July 9, 2025

नाष्ट रेडक्रस सर्कलद्वारा निःशुल्क दन्त परिक्षण

४ असार २०८२, बुधबार
नाष्ट रेडक्रस सर्कलद्वारा निःशुल्क दन्त परिक्षण

धनगढी, ४ असार । नाष्ट रेडक्रस सर्कलको आयोजनामा बुधबार निःशुल्क दन्त परिक्षण शिविर भएको छ ।
उक्त परिक्षण शिविरको नाष्ट कलेजका प्रवन्ध निर्देशक शिवहरी मुडभरी उद्घाटन गरेका थिए ।

कन्चन डेन्टल क्लिनिकका दन्त चिकित्सक डा. विवेक कुमार झा र उनको टिमले दन्त परिक्षण सेवा दिएका थिए । निःशुल्क दन्त परिक्षण शिविरमा १५० जना विद्यार्थी दन्त परिक्षण गराएको आयोजक नाष्ट रेडक्रस सर्कलका सभापति नविन पन्तले जानकारी दिए ।


सभापति पन्तले नाष्ट रेडक्रस सर्कलले प्रत्येक वर्ष सामाजिक कार्य गर्दै आएको बताए । यसका साथै उनले यही असार १३ गते रक्तदानको कार्यक्रम पनि आयोजना गर्ने बताए ।