२६ फाल्गुन २०८२, मंगलवार March 10, 2026

आफू कखरा सिकेको विद्यालयलाई जग्गा दान

२५ जेष्ठ २०८२, आईतवार
आफू कखरा सिकेको विद्यालयलाई जग्गा दान

धनगढी, २५ जेठ । समाजसेवी तथा वुद्धिजिवी चन्द्रसिंह चौधरीले आफूले कखरा सिकेको विद्यालयलाई जग्गा दान गरेका छन् ।


विद्यालयको शैक्षिक सुधारका लागि आफू पढेको विद्यालयलाई चौधरीले २ बिघा जग्गा दान गरेको बताए । उनले कैलारी गाउँपालिका वडा नम्बर ७ बर्का बसन्ता स्थित राष्ट्रिय आधारभूत विद्यालयलाई चौधरीले जग्गा दान गरेका हुन् । अहिले विद्यालयको नाम पनि परिवर्तन गरि राष्ट्रिय चन्द्र आधारभूत विद्यालय राखिएको छ ।


‘जुन हिसावले शैक्षिक विकास हुनु पर्ने थियो, शैक्षिक अवस्था दिनानुदिन खस्कदै गएको छ । आफ्नो जन्मेको ठाउँ, यही हुर्केको र यहीबाटै कखरा सिखेकोले आफ्नो गाउँठाउँको विकासका लागि एउटा मात्रै माध्यमहो शिक्षा, शिक्षा बिना कुनै पनि विकास अगाडी नबढ्ने भएकोले विद्यालयको शैक्षिक तथा आर्थिक विकासका लागि सहयोग गरेको हो, यसले विद्यालयको आर्थिक सुधारमा टेवा पुग्ने मेरो विश्वास रहेको छ’, उनले भने ।


यसैबिच उनलाई विद्यालयले एक भब्य कार्यक्रम आयोजना गरि सम्मान र अभिनन्दन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी रहेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले दोसल्ला ओढाएर उनलाई सम्मान गरेका हुन् । अहिले कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बम, वडा सदस्य टुनिराम चौधरी, सुन्दरी चौधरी, विद्यालयका प्रअ डम्मर शाह, विभिन्न राजनीतिक दलका प्रतिनीधी, समाजसेवी वुद्धिजिवी, बरघर भलमन्साहरुको उपस्थिति रहेको थियो ।