धनगढी, २१ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लाग्ने गङ्गा दसहरा मेलाको अवसरमा कैलारी गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै जेठ २२ गतेका दिन सार्वजनिक बिदा सम्बन्धी जानकारी गरेको हो ।


गाउँपालिकाले गङ्गा दसहरा तिथि जेठ २२ गतेका दिन पालिकाभरका सबै सरकारी कार्यालय, शिक्षण संस्था एवम् संघसंस्थाहरू बन्द रहने गरी स्थानीय सार्वजनिक बिदा दिएको हो । हरेक वर्ष जेठ शुक्लपक्ष दशमी तिथिका दिन गङ्गा दसहरा मनाइने गरेको छ । सो दिन नेपाल, भारतका हजारौं तीर्थालुहरूले विशेष आस्था र महत्त्वका साथ बेहडाबाबाको दर्शन र पूजाआजा गर्ने गरेका छन् ।
धनगढी उपमहानगरपालिकाले पनि सोही अवसरमा पालिकाभरि स्थानीय सार्वजनिक बिदा दिएको छ ।